रौतहट । गौर नगरपालिका-६ स्थित वसपार्कबाट सोही नगरपालिका-५ बस्ने २१ वर्षीय अनुकेश कुमार साहलाई करिब १ किलो २ सय ५० ग्राम सुन सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.४१ प ५८०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक अनुकेशलाई उक्त सुन सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।