८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पन्ध्रौँ शताब्दीदेखिको इतिहासको साक्षी कालाभैरव

अ+ अ-

पोखरा । पर्यटकीय नगरी पोखरा नजिकैको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलमध्येको एक हो स्याङ्जा नुवाकोटस्थित कालाभैरव मन्दिर । पन्ध्रौँ शताव्दीको प्रारम्भतिर विसं १५१० मा मिन्चाखान (वास्तविक नाम अजय खान) ले स्याङ्जा नुवाकोट राज्यको स्थापना गरेका थिए । तत्कालीन समयदेखि नै एउटा महत्वपूर्ण शक्तिपीठका रुपमा कालाभैरवको पूजाअर्चना गर्दै आइएको पाइन्छ ।

‘नुवाकोट राज्य’ स्याङ्जा जिल्लाको उत्तरी भेगमा सदरमुकामबाट करीब १५ किमी उत्तर फेदीखोला गाउँपालिका–२ पौवेगौँगे नगरपालिका–५ र पुतलीबजार नगरपालिकाको त्रिवेणीमा अवस्थित समुद्री सतहबाट करीब एक हजार ९०० मिटरको उचाइमा अवस्थित छ ।

तत्कालीन राज्यको शिरमा रहेको कालाभैरवलाई अत्यन्त श्रद्धाभक्तिका साथ त्यही समयदेखि नै पूजाआजा गर्दै आइएको श्री कालाभैरव पुरातात्विक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले जानकारी दिए । उनका अनुसार कालाभैरव आफैँ उत्पत्ति भएका हुन् । पहिला ढुङ्गा, माटोको ढिस्कोमा कालाभैरवको पूजा गरिन्थ्यो ।

विसं २०६८ अघिसम्म सानो पानीको ट्याङ्कीजस्तो मन्दिर बनाएर त्यसमा पूजा गर्ने गरिएकामा त्यसयता भने व्यवस्थित मन्दिर निर्माण गरी पूजाआजाको व्यवस्था मिलाइएको उनले जानकारी दिए । तत्कालीन शासकले १५औँ शताब्दीतिर कालाभैरवका साथै सुनकेशरी देवी, कालिका र चण्डीकादेवीको मूर्ति स्थापना गरी पूजाआजा गर्र्ने गरेको उनले जानकारी दिए ।

कालाभैरवको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका आधारमा स्याङ्जा र कास्की जिल्लाका साथै विभिन्न स्थानबाट भाकलसहित पूजाआजा गर्न आउने गरेको मन्दिरका पण्डित टेकप्रसाद अर्यालले जानकारी दिए । पण्डित अर्यालका अनुसार कालाभैरवको मूर्ति (शिला) प्राचीनकालदेखि छोपेर राखिएको छ । “उक्त शिलालाई हेर्न हुँदैन भन्ने जनविश्वास छ”, उनले भने, “वर्षको एकपटक प्रत्येक आश्विन शुक्ल अष्टमीको मध्यरात (कालरात्रि) मा पण्डितले आँखामा पट्टी बाँधेर भैरव शिलालाई सफा गर्ने प्रचलन छ ।”

इतिहासमा उल्लेख भएअनुसार तत्कालीन स्याङ्जा नुवाकोट राज्यको सिमाना पूर्वमा कृस्ति, निर्मलपोखरी, भरतपोखरी, कास्कीकोटसम्म, पश्चिममा पर्वतको लिमीथाना, देउपुर, बाजुङ, दुर्लुङ, उत्तरमा कास्कीको केही भाग र दक्षिणमा सतौँ, गह्रौँ, भीरकोटसम्म फैलिएको थियो ।

तत्कालीन स्याङ्जा नुवाकोट राज्यको महत्वपूर्ण शक्तिपीठ रहेका कारण तत्कालीन समयदेखि नै यस धार्मिक स्थलमा राज्यले चर्चेका भू–भागबाट दर्शनार्थी आउने गरेको सहजै अनुमान गर्न सकिन्छ । महत्वपूर्ण शक्तिपीठ भएर पनि काला भैरवको उचित प्रचारप्रसार हुन नसकेको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार दुर्गाबहादुर शाह (बाबा)ले बताए।

“एतिहासिक, धार्मिक एवं पुरातात्विक सबै किसिमबाट यसको विशिष्ट स्थान छ”, कस्केली अधिकृत समाजका अध्यक्षसमेत रहेका उनले भने, “कालाभैरव मन्दिरसहित समग्र स्याङ्जा नुवाकोट राज्यको प्रवद्र्धन गर्न सके धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्न सक्छ ।”

विश्वमा नै ख्याती कमाएको पर्यटकीय नगरी पोखराको अत्यन्त नजिक रहेर पनि यसको प्रवद्र्धन हुन नसकेको अवस्थालाई दृष्टिगत गरी समाजको सक्रियतामा हालै यस क्षेत्रको प्रवर्द्धनात्मक भ्रमण गरिएको उनले जानकारी दिए । इतिहासको संरक्षण र संवर्द्धनको अभावमा धेरै ऐतिहासिक स्थलको गरिमा र महत्व सङ्कटमा पर्दै गएको वर्तमान अवस्थामा १५औँ शताब्दीदेखि अस्तित्वमा रहेको स्याङ्जा नुवाकोट राज्यसहित यहाँका कालाभैरवलगायतका धार्मिक एवं ऐतिहासिकस्थलको संरक्षण र विकास अपरिहार्य देखिएको छ ।

प्रतिक्रिया दिनुहोस