डोल्पा । मुड्केचुला गाउँपालिका-३ बस्ने ३६ वर्षीय जग बहादुर थापालाई लोपोउन्मुख रेडपाण्डाको छाला १ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लोपोउन्मुख रेडपाण्डाको छाला लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कालिकाबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त छाला फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।