७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षासँगै विकासको काममा अगाडि बढ्छौँ : प्रहरी महानिरीक्षक खनाल

अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षासँगसँगै विकासको काममा अगाडि बढ्नुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण भएको हिरासत कक्षसहितको ब्यारेक भवन, अगुवा प्रहरी अधिकृत आवास र भान्सा घरको आज उद्घाटन गर्दै उनले विभिन्न अपराधको वर्गीकरण गरेर अपराधीका रुपमा भन्दा पनि उनीहरुलाई सामाजिकीकरण गर्दै सुधार गरेर अगाडि बढाउनुपर्ने बताए ।

कारागारलाई सुधार केन्द्रका रुपमा विकास नगर्दा अपराधीले भित्रैबाट अखडा खडा गरी टेलिफोनमा धम्की दिएर विकास निर्माणका काममा असर पारेको खनालको भनाइ थियो । ‘प्रहरीले सुरक्षासँगै विकास निर्माणको काममा अगाडि बढ्नुपर्ने अवस्था आएको छ’, उनले भने ।

संघीय संरचनाअनुसार प्रहरीले त्यही अनुसारका कार्यक्रम अगाडि सारिसकेको र अहिले प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्न तीन÷तीन लाख रकम पठाइसकेको खनालले बताए । उनले स्थानीय सरकारसँग मिलेर शहरमा सिसिटिभी राख्ने काम शुरु भएको उल्लेख गर्दै त्यसले अपराध नियन्त्रण र अनुसन्धान गर्ने मात्रै नभई विकास निर्माणको काममा बाधक तत्वहरु के के छन् भनेर हेर्ने र कसले फोहर फाल्यो भन्नेसम्मको काम गर्ने भएकाले त्यस्तो काममा स्थानीय सरकार र प्रहरीसँगसँगै जानुपर्ने बताए ।

विकास निर्माणको काम कुनै पनि कारणले (गलत तत्वहरु आएर थर्काए भन्ने कारणले) रोकिन नहुने महानिरीक्षक खनालको भनाइ थियो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले अबको युगमा प्रहरी बाटोको चोकमा बस्ने नभई डिजिटल प्रविधिको प्रयोग गरी कन्ट्रोल रुमबाटै शान्तिसुरक्षा व्यवस्थापनको निरीक्षण गर्ने काम गर्नुपर्ने बताए। उनले प्रहरीले हिरासतमा राखिएकालाई पनि सुधार्ने, सीपयुक्त बनाउने र चेतनामा परिवर्तन ल्याउनेमा अगाडि बढ्नुपर्ने बताए । नयाँ भवनको ६ कोठामा एक/एक टेलिभिजन राख्न नगरपालिकाले सहयोग गर्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलको ब्यारेक भवन भूकम्पले भत्काएपछि सरकारको नियमित बजेट र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा पुनर्निर्माण गरिएको हो । रु ६ करोड ८४ लाख २० हजारको लागतमा पाँच भवन निर्माण गरिएको प्रहरी नायब निरीक्षक ईश्वर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस