१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्छ : पूर्वमन्त्री अधिकारी

अ+ अ-

पोखरा । पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समयको मागसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्नेमा जोड दिएका छन् ।

पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव समारोहमा बुधबार उनले नेपाली माटोमै श्रम र सीप खर्चिने किसिमको शिक्षा दिइनुपर्ने बताए । उनले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने उल्लेख गर्दै यो वा त्यो नाममा शिक्षाक्षेत्र बिगार्न नहुने धारणा राखे।

पूर्वाधार विकास अहिलेको प्राथमिकता हुनुपर्नेमा जोड दिँदै उनले गण्डकी प्रदेशबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद पोखरा विमानस्थल निर्माण समयमै निर्माण पूरा गराउन सक्रिय बनेको बताए । पोखरामा चक्रपथ निर्माण, लामेअहालमा प्रदेशस्तरको बसपार्क, मध्यपहाडी लोकमार्गलाई भलाम हुँदै लैजाने लगायत बृहत् योजना अघि सारिएको उनले बताए ।

वडाध्यक्ष लेकबहादुर तामाङले पोखरा महानगरपालिका–१३ नमूना बन्ने अभियानमा अघि बढेको बताए । भौतिक पूर्वाधार विकाससँगै अब रतन पाण्डे माविले आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

उक्त अवसरमा विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासका लागि नगद सहयोग गर्ने चन्दादातालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सबैभन्दा बढी रु तीन लाख दान दिने कृष्णकुमारी बराल र कृष्णराज बराललाई सांसद अधिकारीले सम्मान गरे।

त्यस्तै दुई लाख चन्दा दिने विष्णु भण्डारीलगायत करीब २०० सङ्घसंस्था तथा व्यक्ति विशेषलाई सम्मान गरियो । हालसम्म करीब रु २० लाख सङ्कलन भइसकेको चन्दा अभियान आगामी दशैँसम्म चल्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्त बरालले जानकारी दिए ।

प्रधानाध्यापक डिल्लीराम बरालले विद्यालयको हितका लागि भन्दै स्थानीयवासी जागरुक बनेको बताउँदै विद्यालयले हालैमात्र बस सुविधा, इ–लाइब्रेरीलगायत शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न सुविधा दिएपछि विद्यार्थीको आकर्षण बढेको जानकारी दिए । उनका अनुसार दुई वर्ष वर्षअघि ७२ विद्यार्थी रहेकामा हाल बढेर ३१० पुगेको छ ।

कार्यक्रममा शिक्षक महासङ्घ कास्कीका सहअध्यक्ष महेन्द्रमणि पौडेल, आजीवन सल्लाहकार एवं नापी विभाग पूर्व महानिर्देशक तोयनाथ बराल, भद्रकाली मावि प्रअ घनश्याम रिजाललगायतले रतनपाण्डे माविलाई वडाकै नमूना विद्यालय बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वर्ष शिक्षकबाट सुनिता बराल, वर्ष अभिभावक विष्णुमाया पौडेल बराल, वर्ष विद्यार्थी विनीता भुजेल र एसइई उत्कृष्टतर्फ सङ्गम सुनार र पत्रकार विजय नेपाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस