९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धि प्राप्त हुन्छ : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशमा भ्रष्टाचारको अन्त्य गरी सामाजिक न्याय र समानता कायम भएपछि समृद्धि प्राप्त हुने बताएका छन् ।

बौद्ध दर्शन प्रवर्द्धन ताथ गुम्बा विकास समितिले आज यहाँ आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रममा उनले बौद्ध दर्शनको शिक्षाबाट समाजलाई नैतिकवान, अनुशासित र मर्यादित बनाउन सकिने तथा त्यसले शान्ति र स्थायित्व कायम भई समाजवाद कार्यान्वयन हुन सक्ने विचार व्यक्त गरे ।

विश्वमा युद्धका लागि खर्बौ रुपैयाँ खर्च भइरहेकामा चिन्ता व्यक्त गर्दै मन्त्री थापाले हातहतियार तथा युद्धका लागि हुने त्यो रकम शिक्षा स्वास्थ्यमा लगानी भएमा धेरैको कल्याण हुने बताए । बुद्धले तत्कालीन समाजमा व्याप्त असमानता, विभेदको अन्त्यका लागि शुरु गरेको बौद्ध दर्शनमा व्यवस्था गरिएका विचार र आदर्श समाजवादको नमूना भएको उनको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले बौद्ध साहित्यको महत्व अहिले पनि बढेको बताए । लुम्बिनीलाई धार्मिक पर्यटकको आकर्षक केन्द्रस्थल बनाएर आय आर्जन गर्न सकिने विचार व्यक्त गरे । आयोजक संस्थाका कार्यकारी अधिकृत नरेन्द्रबहादुर गुरुङले विभिन्न जाति र समुदायको बसोबास भएको मुलुकमा विभिन्न संस्कृति र सम्पदाले गर्दा हामी सम्पन्न भएको हुँदा तीनको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

बौद्ध दर्शनसम्बन्धी विभिन्न तहका अध्ययन पूरा गरेका गुरुलाई परिचय पत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस