८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मदन आश्रित स्मृति दिवसमा पार्टी एकीकरणको अन्तिम घोषणा’

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस आगामी जेठ ३ गते पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताएका छन् । युवा संघ नेपालको २९औँ स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा सहभागी नेताहरुले तीन गते नटुङ्गिए जेठ महीनाभित्रमा भने नयाँ सन्देश जाने कार्यकर्तालाई विश्वास दिलाए ।

पार्टी एकीकरण घोषणा भएको एक वर्ष पुग्नै लाग्दा एकता प्रक्रिया टुङ्गोमा नपुगेको भन्दै कार्यकर्ताले चासो लिइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला कमिटीबाट ढोका उघारिसकिएकाले एकीकरण टुङ्गिने कुरामा कार्यकर्तालाई आश्वस्त पारे ।

अघिल्लो वर्ष जेठ ३ गते स्मरण गर्दै उनले भने, ‘अहिले पनि हाम्रो कोशिश छ, ३ गते सबै घोषणा गरिदिउँ, भएन भने टेन्सन नलिनुहोला ४, ५ वा ६ गते होला केही फरक पर्दैन हामी टुङ्ग्याउँछौँ, यो कुरामा तपाईंहरु विश्वस्त हुनुहोस् । यदि तपाईंहरुले जोड गरे भने युवाको चाहिँ आगामी जेठ ३ गते गते सक्न पनि सकिन्छ ।’ युवाको भावना आफूले बुझेकाले बिहीबार बिहान सम्भवतः बैठक बस्ने जानकारी गराउँदै उनले चाँडै नै जनसङ्गठनको एकीकरण सक्नेमा आफ्नो जोड रहने बताए ।

राष्ट्रको आवश्यकता, कम्युनिष्ट आन्दोलन र जनताको भावनाको सम्मान गर्दै अध्यक्ष दाहालले ऐतिहासिक आवश्यकतालाई सम्बोधन गर्न नेतृत्वद्वारा गरिएकोे ऐतिहासिक पहल कदमीबाट पार्टी एकता भएको स्मरण गरे । वामपन्थी र दक्षिणपन्थी विचारलाई विमर्श गर्दै विचारलाई विकास गर्न सक्ने मात्रै सच्चा कम्युनिष्ट हुने तर्क गर्दै अध्यक्ष दाहालले विचारलाई निरन्तर परीक्षण, प्रयोग र विकसित गरेमा मात्रै समाज राष्ट्र र मानवजातिको हित हुने उल्लेख गरे ।

वर्ग समाज रहेसम्म दुई विचार कायमै रहने भएकाले परिवर्तन र विचारको शुद्धताका नाममा पार्टीलाई एकपछि अर्को शृङ्खलाबद्ध ढङ्गले विभाजनतर्फ लाने र एक्लै भए पनि म सही छु भनेर दम्भ गरिराख्ने हानिकारक प्रवृत्तितर्फ युवा सचेत हुनुपर्नेमा उनले जोड दिए ।

यस्ता विचारलाई चिर्दै परिवर्तनको दिशामा जानेमात्रै सच्चा कम्युनिष्ट हुने उल्लेख गर्दै अध्यक्ष दाहालले एउटा विचार जे छ त्यही सही भनेको भए ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासम्म आइ नपुग्ने भनाइ राखे ।

उनले विसं २०३८ देखि नै आफ्नो जीवन एकपछि अर्को निरन्तरता र त्यसलाई भङ्ग गर्नेबाट बित्दै आएको र यो पार्टी एकता पनि त्यही निरन्तरतामा क्रमभङ्गताकै नयाँ कडि हो भने ।

आलोचना गर्न सिक भन्ने माक्सवादको उक्ति जस्तै आफू आलोचनाबाट नडराउने नेता भएको दाबी गर्दै अध्यक्ष दाहालले परिवर्तनकारी हुनेले मात्रै गल्ती गर्ने र नयाँ विकास गर्नसक्ने बताए । “गल्ती नगर्ने मान्छे इतिहासमा भेटिँदैन, यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ, मान्छे आलोचनात्मक हुन सिक्नुपर्छ, अन्धभक्त हुनुभएन दास जस्तो त कम्युनिष्ट हुनै सक्तैन’, अध्यक्ष दाहालले भने ।

पार्टी, युवा र जनताप्रति ठूलो विश्वास रहेको बताउँदै उनले आफू जुनसुकै अवस्थामा पनि लचक हुन तयार रहेको उल्लेख गरे । ‘जति लचिलो हुन पनि आफूलाई कुनै कठिन हुँदैन, यदि तपाईको साथ भयो भने बाँकी जीवन अझै केही नयाँनयाँ गरेर मर्न मन छ, सबैको साथ चाहिएको छ, मेरो पनि सबैमा साथ रहन्छ’, उनले थपे ।

अध्यक्ष दाहालले युवामा उत्साह जोश र जाँगर देख्दा आफू उत्साहित भएको बताए । विसं २०३८ माघ १७ मा भारत कुसीनगरको भेलाबाट २६ वर्षको उमेरमा अखिल नेपाल युवक संघको संस्थापक अध्यक्ष बनेको स्मरण गर्दै उनले पार्टीका दुवै अध्यक्ष युवासंघको संस्थापक अध्यक्ष हुनुको संयोग निकै उत्साहपूर्ण रहेको बताए । विश्वमा भएका कम्युनिष्ट आन्दोलन युवाकै योगदानमा सफल भएकोसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस