८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीमा वैचारिक एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

अ+ अ-

गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि वैचारिक एकताको खाँचो रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटी बागलुङले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीचमा भएको एकताले मुलुकमा समृद्धि ल्याउनका लागि ठूलो योगदान पुर्‍याउने छ ।’

पार्टी इञ्चार्ज गुरुङले गलकोट क्षेत्रका विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै गलकोट बजारलाई स्मार्ट सिटीका रुपमा विकास गर्न आजैबाट सकारात्मक कदम चाल्नुपर्ने धारणा व्यक्त गरे ।

मुलुकमा उपलब्ध स्रोत, साधन र संस्कृतिलाई आर्थिक रुपान्तरणका लागि सदुपयोग गर्नुपर्ने बताउँदै उनले गरीबी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री गुरुङले कम्युनिष्टले समृद्धिका लागि ठूलो योगदान गर्न आवश्यक रहेको भन्दै आम पार्टी कार्यकर्तालाई समृद्धिका पक्षमा स्थानीयस्तरबाटै पहल गर्नुपर्ने बताए।

भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशलाई कालिगण्डकी करिडोर र मध्यपहाडी पुष्पलाल लोकमार्गले आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस