११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीको बडीकेदार गा.पामा ५०० जनालाई नागरिकता

अ+ अ-

डोटी । बडीकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा एकै दिन ५०० ले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा सञ्चालन भएको उक्त शिविरमा यति ठूलो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो ।

बुधबारबाट शुरु गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए । त्यस्तै उक्त शिविरबाट ५०० ले मतदाता परिचयपत्रसमेत लिएका छन् । जिल्ला सदरमुकाम पुगेर नागरिकता लिन नसकेका मानिसलाई गाउँमै गएर नागरिकता वितरण, मतदाता परिचयपत्रलगायतका सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए।

उनले भने, ‘जनताले पाउनुपर्ने सार्वजनिक सेवा जनताको घरदैलोमै पुगेर प्रदान गर्ने अभियान र सुशासन ऐनको मर्मअनुसार घुम्ती शिविर सञ्चालन गरी सदरमुकाम आउन नसक्नेलाई नागरिकता वितरण गरेका छौँ ।’ डोटीको सन्दर्भमा अत्यावश्यक अवस्थामा नागरिकता बनाउनेबाहेक तत्कालै आवश्यक नभएमा नागरिकता नबनाउनेको सङ्ख्या बढी भएको पाइएको र जिल्लामा सञ्चालन गरेका घुम्ती शिविरमा बढी सङ्ख्यामा नागरिकता वितरण भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै उक्त शिविरमा ९६ वर्षीया भागरथीदेवी थापाले पनि नागरिकता पाएकी छन् । नागरिकता पाएपछि भागरथीदेवी निकै खुशी भएकी छन् । जिल्ला सदरमुकाम टाढा भएको र नागरिकता लिन नसकेकाले घरैमा शिविर सञ्चालन हुँदा नगरिकता लिन आएको उनले बताइन् । उनले भनिन्, ‘जिल्ला प्रशासन टाढा छ, नागरिकता नहुँदा भत्तासमेत पाएकी थिइनँ, गाउँमै नागरिकता पाएँ अब भत्ता पनि पाउने छु ।’ नागरिकता नभएका कारण उनले हालसम्म मतदानसमेत गर्न पाएकी थिइनन् ।

यसअघि डोटीको बोगटानफुड्सिल गाउँपालिका, सायल गाउँपालिका, जोरायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिकामा पनि शिविर सञ्चालन भइसकेको र बाँकी अन्य स्थानीय तहसँग पनि समन्वय र सहकार्य गरेर शिविर सञ्चालन गरी सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । उनले भने, ‘हामीले केही स्थानीय तहमा शिविर सञ्चालन गरी नागरिकतालगायतका सेवा प्रदान गरिसकेका छौँ, बाँकी रहेका स्थानीय तहमा क्रमिकरूपमा शिविर सञ्चालन हुनेछन् ।’रासस

प्रतिक्रिया दिनुहोस