९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हावाबाट निकालिएको विद्युत् सेवा प्रभावकारी

अ+ अ-

रामपुर । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालमा सञ्चालित हावाबाट निकालिएको विद्युत् सेवा प्रभावकारी देखिएको छ ।

शुरुमा कुरा सुन्दा हावादारी जस्तो लागे पनि अहिले बिजुली झलल बल्दा टुक्किको भरमा बस्नुभन्दा यही ठीक भएको स्थानीयले बताएका छन् ।

बाह्रै महिना निरन्तर हावा चलिरहने मित्यालमा एक हजार २०० वाट विद्युत् उत्पादन गरेर वडा कार्यालय, स्वास्थ्यचौकी र रुक्से भन्ज्याङ बजार क्षेत्रमा सेवा दिइएको छ । पिडा नेपाल, काठमाडौँ अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा मित्याल रुक्से भञ्याङ्मा पङ्खा राखेर विद्युत् सेवा दिइएको छ ।

मित्याल वायु ऊर्जा तथा सौर्यऊर्जा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र सुनारीले हावाबाट बिजुलीले सेवा मात्र नभई मानिसहरु अवलोकनका लागि आउने हुँदा आन्तरिक पर्यटकसमेत वृद्धि भएको बताए । उनले विद्युत विस्तारका लागि फेरि २५ किलोवाट क्षमता वृद्धि गरिएको जानकारी दिँदै लगभग ९० प्रतिशत काम भएको जानकारी दिए ।

विद्युत्सेवा थप भएपछि सो गाउँपालिकाको रुक्से भञ्जाङ, झ्याल्टुङ, मौलाथर, घुम्सिवर र मित्याल बजारमा विद्युत् वितरण गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए । उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत कृष्ण ग्रिल उद्योगले कामको ठेक्का लिएको र रु दुई करोडभन्दा बढी लागत लाग्नसक्ने अनुमानसमेत रहेको बताए ।

गाउँमा टुक्कीको भरमा जीवनयापन गरेका मित्यालका सर्वसाधारण नागरिक हावाबाट बिजुली निस्केपछि र सो सेवा पाएपछि दङ्ग छन् । बाक्लो मगर बस्ती रहेको उक्त डाँडामा राखिएका पङ्खा हावाबाट चल्छन् । ‘सुन्दा पत्याएकै थिएनौँ, हावाबाट पनि बिजुली आउँदो रहेछ, हामी त अचम्म पयौँ’, स्थानीय सन्तवीर सुनारीले भने ।

वडा नं ४ का वडाका कार्यालय सहायक सहवीर खन्गाहाले हावाबाट उत्पादित बिजुलीका कारण कार्यालयको काम गर्न सजिलो भएको बताए । वडा कार्यालयको काम छिटोछरितो गर्नसमेत सहयोग पुगेको उनको भनाइ छ । बजार व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सारूले भने, ‘सबैले हावाबाट बिजुली निकाल्नु हावादारी गफ भन्थे, यहाँ प्रमाणित भएको छ, हामीले मज्जाले बत्ती बालेका छौँ, बल्ल अहिले अचम्म मानेर मानिसहरु हेर्न आउने गरेका छन्, यसबाट आन्तरिक पर्यटन विकासमा समेत टेवा पुगेको छ ।’

बिजुलीबाट वडा कार्यालय र स्वास्थ्यचौकीमा कम्प्युटर, प्रिन्टर सञ्चालन गर्न तथा इन्टरनेट चलाउन र रुक्से भञ्ज्याङ बजारमा सात वटा बत्ती जडान गरिएका छन् । अहिलेसम्म मित्यालमा विद्युत्को केन्द्रीय प्रसारण लाइन भने पुगेको छैन । विद्युत् विस्तारका निम्ति गाउँपालिकाले रु ४० लाख विनियोजन गरेको छ । मित्यालवासीले करीब एक वर्षदेखि उक्त सेवा लिँदै आएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस