६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञापनलाई जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाइने : मन्त्री बाँस्कोटा

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनको बैठकसमक्ष प्रस्तुत गरेका थिए ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै सांसद रामकुमारी झाँक्रीले कुनै सञ्चार उद्योग मोटाउने, कुनै दुब्लाउने प्रवृत्तिलाई अन्त्य गर्न, सञ्चारलाई प्रयोग गरी समाजलाई दिग्भ्रमित बनाउने प्रवृत्तिलाई अन्त्य गर्न विधेयकले सहयोग पुर्‍याउने बताए ।

सांसद प्रेम सुवालले विदेशी विज्ञापनले समाजलाई भ्रमित पार्नेतर्फ सरकार सचेत बन्नुपर्छ भने ।

सांसद दिव्यमणि राजभण्डारी र बहादुरसिंह लामाले विज्ञापन नियमन गर्नु राम्रो हो तर विज्ञापनबाट नै सञ्चालन हुने सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न नहुने तथा बोर्ड गठनको संरचनालाई फराकिलो बनाउन सुझाव दिए ।

सांसद रेखा कुमारीले विज्ञापनलाई नियमन गर्न पहिलो पटक विधेयक आउनु स्वागत योग्य रहेको भन्दै झुटो प्रचारलाई अन्त्य गर्नुपर्छ भने । सांसद शान्ता चौधरीले महिला तथा बालबालिकालाई प्रयोग गरी हुने विज्ञापनलाई नियमन गर्न आवश्यक रहेको विचार राखे ।

छलफलमा उठेका जिज्ञासामा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले विज्ञापनको महत्वपूर्ण माध्यम होडिङ बोर्ड राख्न स्थानीय तहबाट अनुमति लिनुपर्ने व्यवस्था विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ मा रहेको जानकारी दिए ।

उनले विज्ञापनको निषेधित क्षेत्र कहाँ कहाँ हुने विधेयकमा व्यवस्था भएको, प्राकृतिक विपद् अथवा मानवीय सङ्कट आएको बेला निःशुल्क विज्ञापन गर्नुपर्ने प्रावधान रहेको चर्चा गर्दै औषधिजन्य सामग्रीको जथाभावी विज्ञापन गर्न नपाइनेसमेत व्यवस्था गरिएको बताए ।

उनले नियन्त्रण र पक्षपात गर्ने ध्येयले विधेयक नआएको स्पष्ट पार्दै विज्ञापनलाई जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले विज्ञापन उत्पादक र उपभोक्तालाई सामग्री प्रसारको आचारसंहितामा बाँध्ने गरी विधेयकमा व्यवस्था भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस