१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहलकोटमा पहिलोपटक बस पुगेपछि गाउँमा खुशियाली

अ+ अ-

बेझाड । निस्दी गाउँपालिका वडा नं २ को सहलकोटमा पहिलोपटक बस पुगेको छ । बिहीबार पश्चिम नेपाल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ५७९३ नंको बस सहलकोटको पुरानथर गाउँमा पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ ।

स्थानीयको सक्रियतामा सडक स्तरोन्नति गरेपछि गाउँमा बस पुगेको हो । गाउँमा बस लिएर पुगेका बस चालक र व्यवसायी समितिका पदाधिकारीलाई स्थानीयवासीले खुशी हुँदै स्वागत गरेका छन् ।

साना जीप मोटरसाइकल गुड्ने यस गाउँमा बस पुगेपछि रमाइलो लागेको स्थानीयवासी प्रेम बाकाबलले बताए । निस्दी गाउँपालिकाको दुर्गम र विकटमा पर्ने यस गाउँमा बस पुगेपछि गाउँमा उत्पादित कृषिजन्य सामग्री बजार लैजान सजिलो पर्नेछ ।

फाट्टफुट्टमात्रामा चल्ने साना जीपमा क्षमताभन्दा बढी यात्रु र सरसामान बोक्नुपर्ने बाध्यता थियो । कच्ची सडकमा यसरी यात्रा गर्न निक्कै जोखिम थियो । स्थानीय तहले सडक निर्माण तथा स्तरोन्नतिमा जोड दिएपछि ग्रामीण भेगमा सवारी साधन पुग्न थालेका छन् ।

पहिलो प्राथमिकतामा राखेर स्थानीय तहले सडक निर्माणमा ठूलो रकम खर्च गरिरहेका छन् । अब भने जोखिमपूर्वक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । यातायात समितिले अब नियमितरुपमा बस सेवा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस