८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीको विकासमा पर्यटन

अ+ अ-

नेपालको इतिहासमा राज्य पुन:संरचना पछि निर्वाचित हुँदै प्रथम पटक गठन हुन पुगेका प्रदेश सरकारहरूले ताजा जनादेशबाट आएको उत्साह र उमङगका साथ जनताका इच्छा, आकाङछा एवं चाहानालाई सम्बोधन गर्छन् भन्ने आम अपेक्षा थियो । लामो द्वन्द्वको चपेटाबाट मुक्त हुँदै जन आन्दोलनका बलमा देशमा सामन्ती केन्द्रीकृत राज्य सत्तालाई विघटन गरी जन अपेक्षा अनुसार लोकतान्त्रिक गणतन्त्रका माध्यमबाट सङ्घीयतामा गई अधिकाधिक जन सहभागितामा राज्य संयन्त्र सञ्चालन गर्ने र सबै जात, वर्ग, क्षेत्र, धर्मका जनताको उच्च सहभागितामा सबैले अपनत्व महसुस गर्ने गरी राज्यको पुन संरचना मार्फत जनभावना अनुसार राज्य सञ्चालन हुने आम अभिलाषा रहेको थियो ।

२०७२ सालमा संविधान सभाबाट नयाँ संविधान घोषणा भए पश्चात् सङ्घीय तहका विभिन्न तहको निर्वाचन सम्पन्न भई संविधानले प्रत्याभूत गरेका अधिकार सम्पन्न सरकारहरू निर्माण हुँदै ती सरकारहरूले आफ्नो अधिकार क्षेत्र भित्र विभिन्न खाले ताजा जनादेश बमोजिमका जनप्रिय कार्यक्रम घोषणा गर्ने लहर चलेको पनि देख्न पाइयो । यसै क्रममा निर्वाचन पछि गठन भएको कर्णाली प्रदेश सरकारले भौगोलिक अवस्था, विकासको गति, सामाजिक सांस्कृतिक अवस्थाको वास्तविक मूल्याङ्कन गर्न नसकी रहेको बेलामा महत्वकांक्षी एउटा कार्यक्रम घोषणा ग¥यो। सङ्घीय सरकारका प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मुगु जिल्लाको रारा तालको आगनिमा बसी हजारौँ जनता साक्षी राखेर रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा भव्यताका साथ भयो ।

रारा कर्णाली पर्यटन वर्ष २०७५ मा कर्णाली प्रदेशमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा भएको उक्त कार्यक्रम पछी पनि प्रदेश सरकारले अधिक पर्यटक भित्रयाउन खासै उल्लेख्य काम केही गरेको नदेखियता पनि तुलनात्मक रूपमा विगतको भन्दा सहज यातायात पहुँचका कारण कर्णाली एक पटक हेर्ने व्यक्तिहरूको चापले प्रदेश सरकारले घोषणा गरे जति पर्यटक करिब करिब कर्णालीमा घुम्न गएको प्रदेश सरकारको वार्षिक प्रगति तथ्याङकले देखाउँदछ ।

बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटकले कर्णाली प्रदेशमा अत्यधिक भ्रमण गरेको सरकारी तथ्याङकले देखाएको छ । यो तथ्याङकको अध्ययन पछि कर्णाली प्रदेश सरकारले पर्यटन विकासको क्षेत्रमा के कस्ता कार्य अगाडी बढाउँदै छ ? त्यो भविष्यले देखाउँदै जाला । अब कर्णाली प्रदेश सरकारले आत्म मुल्याङकन गरी नेपालमा वार्षिक लाखौँ पर्यटक आउँदा कर्णालीमा चाहिँ किन केही हजार विदेशीले पाइला टेके ? बढी भन्दा बढी विदेशी पर्यटक कर्णाली प्रदेशमा अवतरण गराउन के गर्न सकिन्छ ? भन्ने बारे सोच्ने बेला भइसकेको छ ।

भौगोलिक विकटताका कारण भौतिक पूर्वाधार निकै कठिन भएको यो प्रदेशमा उत्पादनमा आआत्मनिर्भर  नभएको, औद्योगिक विकास शून्य प्रायः रहेकोले प्रदेश सरकारले प्राकृतिक सुन्दरता, जडीबुटी प्रशोधन र फलफुल उत्पादन तथा पशुपालनको विकासलाई मुख्य लक्ष्य तथा उद्देश्य घोषणा गरी त्यही अनुसारको कार्यक्रम र बजेट निर्माण गर्नु पर्ने आवश्यकता देखिन्छ । पर्यटककोलागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू बाटो, यातायात, होटेल तथा सुरक्षा जस्ता आधारभूत कुरालाई पूरा गर्ने तर्फ सरकारले पहल चाल्नु बुद्धिमानी हुनेछ । प्राकृतिक रूपले अत्यन्तै सुन्दर कर्णाली प्रदेश तब मात्र आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाई बन्न सक्छ जब  दिर्घकालीन सोचसहित स साना योजनाहरू समयमै सम्पन्न गर्दै तीव्र गतिमा अघि बढ्न सक्छ ।

प्रदेश सरकारसँग पर्याप्त मात्रामा स्रोत साधन नभएको वर्तमान अवस्थामा प्रदेश सरकारले निजी क्षेत्रलाई विश्वासमा लिई पर्यटकमैत्रि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिँदै रारा, से फोक्सुन्डो, सिँजा सभ्यता, बुलबुले, कुभिन्डे दह, देउति बजै, काञ्जिरोवा जस्ता पर्यटकीय क्षेत्र रहेको यो प्रदेश मानसरोवर यात्राको प्रस्थान विन्दुसमेत भएकोले हिन्दु धार्मिक तिर्थालुलाई मात्र पनि केन्द्रित गर्दै अघि बढ्न सकेको खण्डमा पनि धेरै प्रगति हुन सक्छ ।

प्रदेश राजधानी सुर्खेतदेखि कर्णाली प्रदेशमा रहेका पर्यटकीय स्थलसम्मको यात्रा निकै कष्टकर रहेकाले पनि एक पटक पुगेको व्यक्ति दोस्रो पटकको यात्राका लागि कर्णाली तिर जान राजी नहुन सक्छ । वर्तमान अवस्थामा रहेका राजमार्गलाई स्तर उन्नति गर्न केन्द्र सरकारसँग पहल गर्ने, बर्षौदेखि अलपत्र रहेका पुल पुलेसालाई बेलैमा निर्माणकालागि पपहलकदमि लिने, सुरक्षा व्यवस्थालाई मजबुत बनाउन ठाउँ ठाउँमा प्रहरी चौकी स्थापना गर्ने, पर्यटकीय क्षेत्र र बाटोमा गुणस्तरीय आवासका लागि होटेल तथा रेस्टुरेन्ट एवं घर बास सञ्चालनको वातावरण निर्माण गर्न सकियो भने पर्यटकको आकर्षण बढाउन सकिन्छ ।

हिमाली सुन्दरता, प्राकृतिक मनोरमता, सामाजिक–सांस्कृतिक–ऐतिहासिकतालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाई तहाँ रहेका थप स्थान पहिचान गरी तिनको प्रचार प्रसारमा प्रदेश सरकारले जोड बल गर्नु पर्ने आवश्यकता देखिन्छ ।

विशेष गरी कर्णाली प्रदेशको सबै भूगोल नै पर्यटनकालागि खास रहेको मान्न सकिन्छ तर पनि विशेष महत्त्व बोकेका भाषिक, धार्मिक, प्राकृतिक, ऐतिहासिक तथा पौराणिक स्थललाई पहिचान तथा संरक्षण–संवर्धन गरी अन्तर्राष्ट्रिय स्तरमासमेत प्रचार गर्नु जरुरी देखिन्छ ।

सुर्खेतबाट सल्यान, रुकुम, जाजरकोट हुँदै डोल्पा फोक्सुन्डोबाट हुम्लाको सिमिकोट, मुगु रारा हुँदै खस सभ्यता अवलोकन गराई कालिकोट दैलेख दुल्लु हुँदै सुर्खेत फर्काउन पैदल यात्राको गोरेटो कोर्न सकेको खण्डमा यो लामो समयसम्म पर्यटकलाई कर्णाली प्रदेशमा भुलाउन सकिन्छ जसबाट रोजगारीका साथै आय आर्जनको अवसर प्रदेशले प्राप्त गर्ने देखिन्छ । साथसाथै भेरी कर्णाली जस्ता नदीनाला भएकोले तिनका स्वरूपलाई कुनै बहानामा बिग्रन नदिई त्यसमा जल यातायात सुरु गर्न सकेको खण्डमा सहाशिक जलयातायातको माध्यमबाट बढी भन्दा पर्यटक आकर्षित गर्न सकिन्छ ।

कर्णालीमा कुहेर खेर गइरहेको वन पैदावारलाई उच्चतम प्रयोग हुने गरी नीति निर्माण गर्दै तिनको उत्पादन, प्रशोधन गर्ने तथा हिमाली जडीबुटीको अध्ययन अनुसन्धान गरी बजारीकरण गर्न सकेमा मात्र पनि आर्थिक रूपमा कर्णालीले मुहार फेर्न सक्छ ।

कर्णाली प्रदेशका आसलाग्दा क्षेत्रहरू फलफुल उत्पादन तथा पशुपालन हुन् । कर्णालीमा पाइने स्याउ, आरु,ओखर, नास्पती जस्ता प्रशस्त बजार सम्भावना भएका फलफुलको ब्यवसायीक खेतीतर्फ कृषकलाई आकर्षित गर्न सकेको खण्डमा पनि कर्णाली प्रदेश आत्मनिर्भर बन्न सक्छ । अर्का तर्फ ठुलो भूगोल भएको र जनसङ्ख्या थोरै भएको हुँदा प्रशस्त मात्रामा चरण क्षेत्र भएकोले पशुपालनलाई पनि ब्यवसायीक उद्योगतर्फ आकर्षण गर्न सकिएमा मात्र प्रदेश सरकारले छोटो समयमा कम लागतमा आर्थिक समृद्धिको पक्रिन सक्छ ।

कर्णाली प्रदेशबाट अन्यत्र बसाई सराईकन दर उच्च रहेकोले त्यसलाई रोक्न प्रदेश साकारले प्रदेशमा नै रोजगारीका अवसर सृजना गर्न सकिन्छ, कर्णालीकै उत्पादनले मनग्य आम्दानी गर्न सकिन्छ । उत्पादित सामानलाई बजारको समस्या छैन भन्ने सन्देश प्रवाह गरी जनतामा आशा जगाउनु जरुरी छ भने अर्का तर्फ शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय रूपमा सुधार गरी कर्णालीका सबै स्थानीय तहमा कम्तीमा एक जना विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा पुर्‍याउने र सार्वजनिक तथा निजी क्षेत्रबाट सञ्चालित विद्यालयको गुणस्तर सुधार गर्न सकेमा यसैको बहानामा हुने तीव्र बसाई सराइलाई न्युनीकरण गर्न सकिन्छ ।

आफ्ना सम्भावना भएका तर छिटो प्रतिफल दिन सक्ने क्षेत्रको पहिचान गरी तत्काल उपलब्ध रहेका स्रोत साधनकै भरमा उल्लेख्य काम गर्न सक्ने क्षेत्रको पहिचान र परिचालन नगरी ठुला ठुला भौतिक पूर्वाधारका योजना बनाउने जञ्जालमा प्रदेश सरकार फसेमा यो प्रदेशले विकास भन्दा पनि विनाशको बाटो समात्ने देखिएकोले बेलैमा सोच्नु पर्ने देखिन्छ ।

जनताको चाहानालाई पूर्ति गर्न प्रदेश सरकारको छोटो बाटो भनेको नै कर्णालीको भूमि सुहाउँदो विकास मोडल अपनाउनु हो । हाम्रै पालामा कर्णालीलाई समृद्ध बनाउन प्रदेश सरकारले सबै क्षेत्र निजी, सहकारी, सार्वजनिक तथा सङ्घीय सरकारको सहकार्य र सहयोग लिई बेलैमा उचित निर्णय लिनु पर्ने जरुरत देखिन्छ । पर्यटन विकास नै कर्णाली विकासको आर्थिक मेरुदण्ड भएकोले यसैमा लाग्नु बुद्धिमानी हुनेछ ।

कर्णाली प्रदेशको विकासमा पर्यटकीय सम्भावनाका कुरा गरी रहँदा यसको अर्को पाटोलाई पनि केलाउनु जरुरी छ । प्रदेश सरकारले सार्वजनिक गरेको एक बर्से आँकडालाई विश्लेषण गर्ने हो भने बाहिरी पर्यटक सबै भन्दा बढी हुम्लामा गइको देखिन्छ । यो आँकडाको अध्ययन गरी ती पर्यटकको गुणस्तर मापन गर्नु पर्ने जरुरी देखिन्छ ।

हिन्दु धर्मालम्बिको पवित्र स्थल मानसरोवर जाने पर्यटक हुन् या हुम्लाको भ्रमण गर्न आएका हुन् अथवा चीनको जासुसि गर्न आइका पश्चिमा हुन् तिनको खोजिबन हुनु आवश्यक छ । सरकारको कमजोर उपस्थिति रहेको यो क्षेत्रबाट चीनको जासुसी गर्न सहज मानी विदेशी यो क्षेत्रमा जान सक्ने भइएकोले एक चीन नीतिको राष्ट्रिय नीतिलाई कायम राखी छिमेकीको विरुद्धमा नेपाली भूमि प्रयोग हुन नदिनेतर्फ प्रदेश सरकार सजग र सचेत हुन जरुरी छ ।

आर्थिक हिसाबले पिछडिएको र भौगोलिक विकटताको फाइदा उठाउँदै पश्चिमाहरूको जासुसी संयन्त्रले चीनको जासुसी गर्न पनि यो क्षेत्र रोज्ने भएकोले बेलैमा सचेत हुन जरुरी छ । साथै कर्णालीको अशिक्षा, भोकमरी, बेरोजगारी तथा अविकासलाई विदेशीले विनिमयको वस्तु बनाउन सक्नेतर्फ पनि प्रदेश सरकार सचेत, सजग र चनाखो भई बस्न आवश्यक छ ।

कर्णाली प्रदेशले विगतको झैँ अरूकै मुख ताक्ने काम नगरी आफ्नै बलबुतामा प्रदेशको मुहार फेर्न सक्ने, जनताको जीविकोपार्जनलाई सहज बनाउन सक्ने प्रदेश सुहाउँदो, सस्तो बजेट र छोटो समयमा सम्पन्न गरी त्यसको दिर्घकालीन लाभ लिन सक्ने र दिगो विकासको लक्ष्यमा समाहित भई भावी पुस्ताले समेत गर्व गर्न सक्ने विकासको खाका कोर्न कर्णाली प्रदेश पूर्ण स्वतन्त्र भएकोले अविकसित अवस्थामै रहेकोले वर्तमान अवस्थामा एक्काइसौँ शताब्दी सुहाउँदो विकासको भाग्य रेखा कोर्ने सुनौलो अवसर कर्णाली प्रदेशले प्राप्त गरेको छ, यसको सदुपयोग गर्न सक्नु पर्छ ।

संवैधानिक अधिकारको प्रयोग गर्दै आफ्नो योग्यता, दक्षता र सक्षमता दुनियाँलाई देखाउने अवसर भएकोले विलम्ब नगरी भविष्यमा पछुताउनु नपर्ने गरी प्रदेश सरकारले काम गर्न सकोस् हाम्रो शुभकामना ।

प्रतिक्रिया दिनुहोस