७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी र जनप्रतिनिधिबीच सहकार्यको अभावका कारण स्थानीय तहको विकासमा समस्या

अ+ अ-

काठमाडौं । कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च (फोडेज) नेपालले सोमबार यहाँ आयोजना गरेको ‘चालू आर्थिक वर्षको सिकाइ, आगामी आर्थिक वर्षको सोचाइ’ विषयक छलफल कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले उक्त विचार राखेका हुन् ।

गाउँपालिकालाई सिंहदरबारसँग तुलना गरेर नहुने भन्दै अध्यक्ष श्रेष्ठले स्थानीय सरकारले काम गरेनन् भन्दा थोरै जनशक्ति, भौतिक पूर्वाधारको अभाव र समस्याका बीच पनि काम भइरहेको बताए। महासङ्घका कोषाध्यक्ष वंशलाल तामाङले पनि गाउँपालिकाले काम गर्न नसकेको नभई परिणाम देखिन बाँकी रहेको भन्दै एउटा गाउँपालिका वा त्यहाँको कर्मचारी/जनप्रतिनिधिले गरेको बिगारमा ७५३ स्थानीय सरकारलाई मुछ्न नहुने बताए ।

पूर्वसचिव खेमराज नेपालले गाउँपालिकाले मानवस्रोतलाई विकासमा खर्चिनुपर्ने धारणा राखे । महासङ्घका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्रप्रसाद प्याकुरेलले विगतको खाडल पुर्नुपर्ने भएकाले अपेक्षाअनुरुप उपलब्धि हुननसकेको र तालिकाअनुरुप आगामी दिनमा विकासको कामले गति लिने बताए। फोडेजका अध्यक्ष गोपीकृष्ण ढुङ्गाना र सचिव चन्द्रमणि भट्टराईले प्रत्येक गाउँपालिकाले समग्र विकासका अतिरिक्त एउटा विशेष कार्यक्रम ल्याउनुपर्ने र त्यसैबाट गाउँपालिका चिनिनुपर्नेमा जोड दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस