६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयोजक नआउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन सकेको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले व्यास नगरपालिकामा रोजगार सेवा केन्द्रका लागि प्रमुख नपठाउँदा तथ्याङ्क संकलन हुन नसकेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको सो कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले रोजगार सेवा केन्द्रका प्रमुख तोकिनुपर्ने व्यवस्था छ ।

जिल्लाका अन्य स्थानीय तहमा रोजगार सेवा केन्द्रले बेरोजगार युवाको तथ्याङ्क वडा–वडाबाटै सङ्कलन गरिसकेको भए पनि व्यास नगरपालिकामा भने तथ्याङ्क सङ्कलन हुन नसकेको नगरपालिकाका सूचना अधिकारी गोकर्ण वाग्लेले जानकारी दिए । वाग्लेका अनुसार मन्त्रालयले रोजगार सेवा केन्द्र प्रमुख नपठाइ दिएकाले तथ्याङ्क सङ्कलनको कार्यलाई अगाडि बढाउन सकिएको छैन ।

सूचना अधिकारी वाग्लेले भने, “यसबारेमा मन्त्रालयलाई जानकारी गराइसकेका छौँ, छिटो मान्छे पठाइदिए कामलाई तीव्रता दिन सजिलो हुन्थ्यो ।” तथ्याङ्क सङ्कलनपछि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा बेरोजगारलाई खटाउने तयारी गरिएपनि तथ्याङ्क सङ्कलनको काम नै शुरु नहुँदा चालू आर्थिक वर्षमा प्राप्त बजेट नै फ्रिज हुने हो की भन्ने आशंका उत्पन्न भएको वाग्लेले बताए ।

चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकामा पाँच लाख ७५ हजार बजेट प्राप्त भएको छ । बजेट फ्रिज हुने सम्भावना भएपछि नगर कार्यपालिकाकाको केही दिन अघि बसेको बैठकले वडा सचिवमार्फत नै तथ्याङ्क सङ्कलनको कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।

व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं नगर कार्यपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले रोजगार संयोजक नियुक्ति नहुँदा काममा देखिएको ढिलाइले यहाँका युवा प्रभावित भएको उल्लेख गर्दै सो कार्यक्रममा सहभागी हुनका लागि प्रायः सधैँ नै युवा वडा कार्यालयमा आउने गरेको जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव डा लोकनाथ भुषालले व्यास नगरपालिकामा नियुक्त भएको रोजगार संयोजकले राजिनामा दिएका कारण केही ढिलाइ हुन गएको बताउँदै वैकल्पिकमा रहेका सुजिता थापालाई रोजगार संयोजकको रुपमा खटाइसकिएको जानकारी दिए ।

मन्त्रालयले जेठ २० गते थापालाई सम्झौता गरी व्यास नगरपालिकामा खटाइसकेकाले एक/दुई दिनभित्रै हाजिरी भएर उनले काम शुरु गर्ने डा भुषालले जानकारी दिन ।

भिमादमा दुई योजना छनौट

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको भिमाद नगरपालिकाले योजना छनौट गरेको छ । नगरपालिकाले बेरोजगारलाई काममा खटाउन दुई वटा योजना छनौट गरेको हो ।

रोजगार सेवा केन्द्र प्रमुख विवेचन घिमिरेले बेरोजगारलाई काममा खटाउन खेल मैदानको बाटो र सिद्धगुफाको बाटो निर्माणलाई छनौट गरिएको जानकारी दिए । सो कार्यक्रमका लागि नगरपालिकालाई १८ लाख बजेट प्राप्त भएको छ ।

उनका अनुसार नगरपालिकामा न्यूनतम रोजगारीमा संलग्न हुनका लागि ७७८ जनाले निवेदन दिएका छन् । वडा नं १ मा १३९, २ मा ६६, ३ मा ४४, ४ मा ४७, ५ मा २०७, ६ मा १४, ७ मा ९७, ८ मा ५४ र ९ मा १०० जनाको निवेदन परेको छ ।

रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम १०० दिनको रोजगारी पाउन सक्नेछन् ।

कार्यक्रममा सहभागी हुनका लागि १०० दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यस अनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भरेका थिए । लाभग्राहीको परिचयपत्र पाएका तर न्यूनतम काम पाएका व्यक्तिहरुलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउनेछ ।

परिवारको कुनै एक सदस्यले न्यूनतम रोजगारी नपाएमा भत्ता दावी गर्न सक्नेछन् । त्यस्ता बेरोजगारलाई न्यूनतम १०० दिनको प्राप्त हुन आउने पारिश्रमिक वापतको पचास प्रतिशत रकम उपलब्ध गराउने सरकारको योजना छ । परिवारको कुनै एक सदस्य वैदेशिक रोजगारीमा भएको खण्डमा भने निर्वाह भत्ता दावी गर्न पाइने छैन । रासस

प्रतिक्रिया दिनुहोस