८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञापन रद्द गर्ने निर्देशनको विरोधमा परीक्षार्थी सडकमा

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध आज विरोध जनाइएको छ ।

लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उक्त समितिले गरेको अमान्य निर्णयविरुद्ध लोकसेवा तयारी तदर्थ सङघर्ष समितिले बिहान १० देखि १२ बजेसम्म आन्दोलन तथा दबाबमूलक कार्यक्रम आयोजना गरेको थियो ।

सोमबार उक्त समितिले सरकारलाई स्थानीय तहका लागि लिइएकोे विज्ञापन रद्द गरेर करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो । उनीहरुले ‘लोकसेवामा हस्तक्षेप चाहिँदैन’, ‘नातावाद र कृपावाद भित्र्याउन पाइँदैन’ ‘दिनैपर्छ आयोगलाई संवैधानिक अधिकार, हुनैपर्छ स्वतन्त्र प्रशासनिक सरकार’, ‘लोकसेवा आयोग सबैको सरोकार, स्वस्थ निष्पक्ष पारदर्शिता आधार’ लगायत नारा लगाएका थिए ।

प्रशासन सेवा समूहको नायब सुब्बाको तयारी गरिरहनुभएका बर्दिया गेरुवा गाउँपालिका–३ का लक्ष्मण अधिकारीले विज्ञापन रद्द गर्ने निर्णयले सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकार कुष्ठित गराउने भएकाले आन्दोलन गर्नुपरेको बताए ।

“गत वर्ष पनि आयोगले विज्ञापन गरेन । अहिलेको विज्ञापनमा धेरै बेरोजगार विद्यार्थीलाई रोजगार बनाउन खोजेकोे थियो”, उनले भने, “तर समितिले एक्कासि विज्ञापन रद्द गर्ने निर्णयले हामीजस्ता धेरै आयोगका तयारी गरिरहेका विद्यार्थी रोजगारको अवसरबाट वञ्चित हुन पुगेका छौँ ।”

यस्तै बाजुरा बडिमालिका नगरपालिकाका मार्तडीकी चन्द्रा खड्काले आफूले क्याम्पसको परीक्षा नै नदिएर स्थानीय तहको तयारीमा लागेकामा अहिले आएर समितिका मान्छेले आफ्नालाई करारमा नियुक्त गरेर हामीलाई वञ्चित गराउन लागेको हुँदा आन्दोलन गर्नुपरेको बताए ।

“बरु हामीहरुको नाम ननिस्कियोस् । हामी विज्ञापन रद्द गर्ने निर्देशन र करारमा राख्ने निर्णयको विरुद्ध आन्दोलन गरिरहन्छौँ”, उनले भने, “कर्मचारीलाई करारमा होइन प्रतिस्पर्धा गरेर स्थानीय तहमा भर्ना गरियोस् ।”

सरकारले लोकसेवा आयोगमार्फत् स्थानीय तहमा रिक्त दरबन्दी पूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । आयोगले विज्ञापन गरेपछि लाखौँ विद्यार्थी परीक्षाको तयारीमा थिए । रासस

प्रतिक्रिया दिनुहोस