९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवधिक योजना कार्यान्वयन गर्न दृढ : उपाध्यक्ष डा देवकोटा

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले प्रदेश सरकारले प्रदेशमा दीर्घकालीन आवधिक योजनालाई कार्यान्वयन गर्न र सुशासन कायम गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने कार्यमा जिम्मेवार बनाएको बताएका छन् ।

प्रदेश नं ३ का नीति योजना आयोग विगत २०७५ जेठ २९ गते स्थापना भई आज एक वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष देवकोटाले आयोगले आगामी पाँच वर्षको लागि प्रदेशमा आवधिक योजना सञ्चालन गर्न परियोजना बैंकको स्थापना गरेको जानकारी दिए ।

उनले उक्त परियोजना बैंकलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको डेक्समा स्थापना गरी प्रदेशका १३ जिल्लामा क्रमशः आवधिक एवं राष्ट्रिय गौरवका योजना कार्यान्वयन गर्दै लैजान मार्गनिर्देश गरिएको स्पष्ट पारे।

आयोगले एक वर्षको अवधिमा प्रदेशको पहिलो आवधिक योजनाको आधारपत्र तयार तथा प्रकाशनको प्रदेश मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गरेको, मागमा आधारित योजना छनोट कार्यविधि तर्जुमा गरिएको, प्रदेश सरकारका नीतिहरुको संक्षिप्त विवरण तयार तथा प्रकाशन गरिएको, उपभोक्ता समिति गठन, सञ्चालन र व्यवस्थापन निर्देशिका तयार पारिएको र योजनाको छनोटको प्राथमिकता तथा मापदण्ड मार्गदर्शन गरिएको जनाएको छ ।

उपाध्यक्ष डा देवकोटाले आयोगका प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेललाई (उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकृत) को रूपमा दोसल्ला ओढाइ प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस