१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनियमित बिजुलीले गर्मीमा जनजीवन कष्टकर

अ+ अ-

बाँके । नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत् अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युत्मात्रै नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो । विद्युत् नियमितताका लागि पहल पनि भइरहेको छ । तर, चर्को गर्मीका बेला विद्युत् अनियमितता झन् बढ्दै गएको छ । प्रत्येक वर्ष गर्मीमा हुने अनियमितताको समस्या यस वर्ष पनि समाधान भएको छैन ।

कहीँकतै मर्मत गर्नुपरे नेपालगञ्ज वितरण केन्द्रले विद्युत् अनियमित हुने समयको जानकारी दिन्छ । तर, त्यसबाहेक हुने अनियमितताको सूचना प्राधिकरणले दिने गरेको छैन । “विद्युत् किन अनियमित भएको हो भन्ने जानकारी पाउन सकिँदैन”, नेपालगञ्ज–५ की सुमित्रा भट्टराई भन्छन्, “गर्मीमा प्राधिकरणले थप पीडा दिन्छ ।” दिनभर चर्को गर्मी सहने नेपालगञ्जवासी रातिको समयमा अनियमित विद्युत्का कारण राम्रोसँग निदाउन सक्ने अवस्था छैन ।

“दिनभर गर्मीमा काम गर्छौ, विद्युत् गइरहँदा राम्रोसँग सुत्नसमेत पाइएको छैन”, अटोरिक्सा चालक दिनेश काँदु भन्छन् । एक घण्टामा दुई÷तीन पटकसम्म विद्युत् काटिने गरेको रुस्तम अली बताउँछन् । “कम्तीमा लोडसेडिङको जानकारी भए त्यसैअनुसार योजना बनाउन सकिन्थ्यो”, उनी भन्छन् । पूर्वसूचनाविना हुने विद्युत् अनियमितताले मेसेनरी औजारमा पनि क्षति पुग्ने गरेको उद्योगी, व्यवसायी बताउँछन् ।

“चलिरहेको मेसिन एक्कासी पटकपटक बन्द हुँदा बिग्रने सम्भावना बढ्छ”, नेपालगञ्ज–१८ का दिपेश आचार्य भन्नुहुन्छ । लोडसेडिङको विकल्पमा जेनेरेटर र इन्भटर जडान गरिए पनि लामो समय विद्युत् अवरुद्ध हुँदा ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्कोतिर लागतसमेत बढ्न जाने आचार्य बताउँछन् । विद्युत् अनियमितताले होटल व्यवसायीको पनि लागत बढ्दै गएको हो ।

जेनेरेटरको प्रयोग गर्दा आउने लागतका कारण अनावश्यक नोक्सानी व्यहोर्नुपरिरहेको होटल व्यवसायीको भनाइ छ । नेपालगञ्जका लागि भारत र नेपाल दुवै तर्फबाट विद्युत् आपूर्ति हुने गरेको छ । गर्मीमा नेपालगञ्जमा २४ एमभीएसम्मको विद्युत् माग हुने गरेको छ । जसमा १२ एमभीएसम्मको विद्युत् भारतबाट प्राप्त हुने गरेको छ । ह्वात्तै बढ्ने माग र आपूर्तिको कमीले विद्युत् अनियमित हुने गर्छ ।

वर्षा नहुँदासम्म यहाँको तापक्रम घट्ने सम्भावना देखिँदैन । विद्युत् नियमित नहुँदा उखरमाउलो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । दिनहुँ घण्टौँसम्म बिजुली हुँदैन । लोडसेडिङ अन्त्य भएको भनिए पनि दैनिक तीन÷चार घण्टा बत्ती गइरहेको छ । औषतमा यहाँको तापक्रम ४२ डिग्री सेल्सियस आसपास नै हुन्छ । छिटपुट पानी परे पनि वर्षा भएको छैन, स्थानीयवासी गर्मीले आक्रान्त छन् ।

गर्मी बढेसँगै खरबुजा, काँक्रा, उखुको रस, लस्सीलगायतका पेयपदार्थको व्यापार फस्टाएको छ । गर्मीका कारण आवश्यक कामबाहेक मध्य दिउँसो सडकमा मानिसको चहलपहल पातलिएको छ । बाहिर हिँड्दा गर्मी र त्यसमा पनि ‘लु’ चल्ने भएपछि सडकमा मानिसको आवतजावत कम भएको छ । दैनिक मजदुरी गरेर खानेहरुका लागि गर्मीयाम निकै कष्टकर बन्न पुगेको छ । प्रायःजसो युवायुवती गर्मी छल्न विभिन्न उद्यान, हरियाली स्थानमा पुग्ने गरेका छन् ।

अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप बढेको छ । अन्य मौसमको तुलनामा गर्मीमा ५० प्रतिशतले बिरामीको सङ्ख्या वृद्धि भएको विभिन्न अस्पतालले जनाएका छन् । गर्मीसँगै हावाहुरी र धुलो, सडकपेटी तथा फुटपाथको खाना र फोहर पानीका कारण बिरामीको सङ्ख्या बढ्दै गएको चिकित्सकले बताएका छन् ।

भाइरल, झाडापखाला, रुघाखोकी, पिसाब सङ्क्रमण, जलवियोजनलगायतका बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक प्रकाश गुप्ताले गर्मीसँगै वर्षायाम शुरु हुन लागेकाले सवाधानी नअपनाइए मलेरिया, डेंगुजस्ता रोगले प्रभावित पार्न सक्ने बताए । ओपिडी सेवाको लागि मात्र दैनिक १५० भन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

यस्तै बाँकेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, बैष्णवी, वस्टर्नलगायतका दर्जन बढी अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप उस्तै छ । चिकित्सकका अनुसार बाटो तथा फुटपाथको खाजा, नास्ता नखाने, पानी उमालेर अथवा फिल्टर गरेर पिउने, दिसापिसाब गरिसकेपछि साबुनपानीले हात धुने, सफासुग्घर गर्ने बानीको विकास गरेमा बिरामी हुनबाट जोगिन सकिन्छ ।

नेपालगञ्जका अस्पतालमा प्रदेश नं ५, साविक सुदूर र कर्णाली प्रदेशका साथै भारतका विभिन्न स्थानबाट पनि दैनिक बिरामी उपचारका लागि आउने गरेका छन् । “तीमध्ये अधिकांश भाइरल र टाइफाइडका छन्”, भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुपानन्द अधिकारीले भने, “भर्ना भएका बिरामीमा पनि आधाभन्दा बढी भाइरल ज्वरो र टाइफाइडकै छन् ।” उनका अनुसार बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासमेत प्रभावित भएका छन् ।

मानिसको चहलपहल बढ्दै जानु, खानपानमा बेवास्ता गर्नुलगायतका कारण बिरामीको चाप बढेको डा अधिकारीले बताए । गर्मीमा पूरै शरीर ढाक्ने गरी लुगा लगाउन र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस