१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वडा जोड्ने सडक स्तरोन्नति गरिँदै

अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाको तीन वडा जोड्ने फुलबारी, भलाम हुँदै बाटुलेचौरसम्मको सडक स्तरोन्नति गर्न थालिएकोे छ । वडा नं ११ फूलबारीदेखि वडा नं २० को मुख्य केन्द्र भलाम र वडा नं १६ बाटुलेचौर जोड्ने कूल ११ मिलोमिटर सो बाटो प्रदेश सरकारबाट उपलब्ध रु चार करोड ४० लाखको लागतमा स्तरोन्नति भइरहेको बाटो उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर गौतमले जानकारी दिए।

पोखरा बजारको वैकल्पिक बाटोको रुपमा लिइएको नालासहित नौ मिटर चौडाइको सो बाटो फराकिलो बनाउने क्रमसँगै हिमपाइप राख्नाका साथै आवश्यकता अनुसार पर्खालसमेत निर्माण गरिएको उनको भनाइ थियो ।

तीन दशक अघि ट्र्याक खोलिएको सो बाटोको स्तरोन्नतिसँगै तीन वटै वडाका जनतालाई पोखरा आवतजावतमा सुविधा पुग्ने बताउँदै अध्यक्ष गौतमले निर्माणका क्रममा जग्गा धनीसँग केही विवाद भए पनि आपसी समझदारीका आधारमा समाधान खोजिएको बताए ।

पोखरा २० का वडाध्यक्ष सिम गुरुङले सो निर्माणाधीन बाटोे निरीक्षण गर्दै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरे। सडक निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले विकास निर्माणमा स्थानीयवासीको रेखदेखले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस