१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्पोष्टमल र वायोग्यास प्लान्टको काम शुरु

अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कम्पोष्ट मल र वायोग्यास प्लान्टको काम शुरु भएको छ । सरकारले दिने विशेष अनुदानवापतको रु तीन करोड ३२ लाखको लागतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा–२ सोल्मामा कम्पोष्ट मल र वायोग्यास प्लान्टको काम शुरु गरिएको हो ।

विशेषगरी दिक्तेलबजार, सोल्मालगायतका ठाउँबाट निस्कने सड्ने र गल्ने वस्तुलाई प्रशोधन गरेर कम्पोष्टमल उत्पादन गर्ने तथा मानव मलमूत्रलाई प्रयोग गरेर वायोग्यास उत्पादन गर्दै अग्र्यानिक नगर बनाउने अभियानलाई सफल बनाउन कम्पोष्टमल र वायोग्यास प्लान्टको काम शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । “उत्पादित ग्यासलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गर्ने र बाँकी रहेको फोहरमैलालाई मलकै रुपमा प्रयोग गर्ने योजना बनाएका छौँ”, उनले भने, “यसले नगरपालिकालाई स्वच्छ र सफा राख्न मद्दत गर्नुका साथै अग्र्यानिक नगर बनाउन टेवा पुग्नेछ ।”

कम्पोष्ट मल र वायोग्यास प्लान्ट निर्माण गर्न आवश्यक ट्रष्ट भवनको आइतबार नगरप्रमुख रिजाल र उपप्रमुख विणादेवी राईले औपचारिकरूपमा शिलान्यास गरेका छन् । नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले निःशुल्क उपलब्ध गराएको जग्गामा ट्रष्ट भवन शिलान्यास गरिएको हो ।

नगरपालिकालाई व्यवस्थित ढङ्गले अग्र्यानिक कृषिक्षेत्र बनाउने अभियानअन्तर्गत रासायनिक मलको अनुदानको विकल्पमा कम्पोष्ट प्लान्टको विकल्प सँगसँगै अघि बढाएको नगरप्रमुख रिजालले बताए ।

विशेष प्राथमिकताका साथ अघि सारिएको अग्र्यानिक नगर बनाउने अभियानअन्तर्गत यसअघि सम्बन्धित सरोकारवालाको बृहत सहभागितामा रासायनिक मल तथा विषादी प्रयोगले मानवस्वास्थ्यमा पार्ने असरलगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । नेपाल कर्माकल्चर समूह (एनपीजी) बबरमहल काठमाडौँसँगको सहकार्यमा नगरलाई प्राङ्गारिक कृषिक्षेत्र बनाउने अभियान शुरु गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस