१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण भेगमा महको खपत बढ्दो

अ+ अ-

सिरहा । विभिन्न गाउँपालिकामा उत्पादन हुने मौरीको मह सिरहाका प्रमुख बजारभन्दा ग्रामीण भेगमा नै बढी खपत हुने गरेको पाइएको छ । स्थानीयस्तरमा उत्पादन हुने मालसामानको बढी खपत शहर तथा नगरोन्मुख बजारका बासिन्दाले उपभोग गर्ने यथार्थ विपरीत मौरीको मह बढी मात्रा ग्रामीण भेगका गाउँमा खपत भएको छ ।

भवानीपुर–७ स्थित गायत्री मौरी विकास केन्द्रका सञ्चालक चन्देश्वर कामती आफूले उत्पादन गरेको मासिक २५ बाकस मौरीको महको माग बजारमा नरहेको बताउछन् । ‘बजारका मानिसहरु हर्लिक्स, बुस्ट तथा ठूलठूला कम्पनिका प्याकेज गरिएको मह खान्छन्’, उनले भने, ‘तर गाउँका मानिसहरुले घरेलु भिटामिन र औषधिको रुपमा मह नै प्रयोग गर्ने हुंँदा महको खपत गाउंँमा बढी भएको हो ।’

मह उत्पादन गरेपछि घरमै बिक्री हुने गरेकाले ग्रामीण कृषक मौरीपालनप्रति आकर्षित हुने गरेको लहान–४ स्थित मनकामना मौरी विकास केन्द्रका रामचन्द्र गुप्ताको भनाइ छ । ग्रामीण भेगमा उत्पादन हुने महमा मिश्रणको सम्भावना नहुने विश्वास सर्वसाधारण उपभोक्तामा छ । ग्रामीण क्षेत्रमा एक घारमा औसत २५ केजी मह उत्पादन हुने गरेको छ । नेपाली बजारमा अहिले प्रति केजी महको रु तीन सय पर्छ ।

मह उत्पादनबाट गाउंँमै बसी लगानीको तुलनामा राम्रो आम्दानी गर्न सक्ने भएको हुँदा मौरीपालकको जीवनस्तरमा पनि राम्रो सुधार आएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सिरहाका २४ गाउँपालिका तथा नगरपालिकामा करीब ३५ किसानले मौरीपालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस