८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीयले फर्काइदिए मेलम्ची खानेपानीका ठेकेदारलाई

अ+ अ-

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् ।

सरकारले मुहानको हेडबक्सलगायतका अन्य काम गर्ने जिम्मा श्रेष्ठ कन्ट्रक्सनलाई दिएको थियो । कामको जिम्मा पाएपछि कम्पनी कामदार बोकेर मेलम्चीको मुहान पुगेको थियो । तर स्थानीयवासीले आयोजनामा आफूहरुको डुबेको रकम पहिला भुक्तानी दिएपछि मात्र काम सञ्चालन गर्नुपर्ने नत्र अवरोध हुने चेतावनी दिएपछि श्रेष्ठ कन्ट्रक्सनका मानिस फर्केको स्थानीय सङ्घर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताए ।

“काम गर्न आएका ठेकेदार कम्पनीका मानिसलाई हामीले आफ्नो समस्या र मागको बारेमा जानकारी गरायौँ, स्थानीयवासीको उक्त आवाज सुनेपछि माथि कुरा गर्ने भन्दै श्रेष्ठ कन्ट्रक्सनका कर्मचारी फर्केका हुन्”, उनले भने। इटालेली कम्पनी सिएमसीले रकम नदिएर भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालेको थियो ।

स्थानीयवासीलगायत निर्माण व्यावसायीहरु डेढ अर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनरत छन् । “हामीले सल्लाहले नै आफूहरुले सिएमसीसँगको गरेको कामको पैसा मागेका हौँ, रु तीन अर्ब धरौटी जफत भएकाले त्यहीबाट भुक्तानी दिनुपर्दछ”, श्रेष्ठले भने । आफूहरुले सरकारसँग रकम नमागेको भन्दै आयोजना छिटो शुरु गर्न पहल होस् भन्ने आफूहरुको माग भएको उनले बताए । हाम्रो रकम भुक्तानी नदिएसम्म काम चल्न नदिने जानकारी सरोकारवालाहरुले यसअघिदेखि नै दिँदै आएका छन् ।

यता स्थानीय सरकारले पनि स्थानीय समस्या समाधान नगरी मेलम्ची लाने सपना नदेख्न खुलेर चेतावनी दिँदै आएको छ । खानेपानी आयोजनाको काम शुरु गर्न पहल गरिदिन आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस