१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शताब्दी पुरुष जोशीलाई नागरिक अभिनन्दन

अ+ अ-

भक्तपुर। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज भक्तपुरमा नागरिक अभिनन्दन गरिएको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति, भक्तपुरले विशाल ¥यालीसहित सूर्यविनायकमा उनको अभिनन्दन गरेको हो ।

विभिन्न सङ्घ संस्थाको सहभागितामा मध्यपुरथिमिको बाहाखाबजारबाट शङ्खधर चोकसम्म र्‍याली निकालिएको थियो । दत्तात्रयबाट जोशीलाई गाडीमा राखेर बाजागाजा तथा र्‍यालीसहित भक्तपुर नगरको विभिन्न क्षेत्रको परिक्रमा गरी सूर्यविनायकमा अभिनन्दन गरिएको थियो ।

अभिनन्दनमा नेवारी परम्परा अनुसार जोशीलाई सगुन दिनुका साथै साहित्यकार तेजेश्वरबाबु ग्वङगःले वेताली, साहित्यकार रमापतिराज शर्माले दोसल्ला, श्रीगोपाल प्रजापतिले फूलमाला तथा पूर्णप्रसाद बैद्य तथा कैलाशभक्त प्रधानाङ्गले टीका लगाएर अभिनन्दन गरेका थिए ।

कार्यक्रममा सांसद महेश बस्नेत, प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र कार्यक्रम संयोजक नरेन्द्रभक्त हाडाले जोशीलाई अभिनन्दन पत्र प्रदान गरेका थिए । कार्यक्रममा जोशीले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोक संस्कृतिको संरक्षणमा पुर्‍याएको योगदानको चर्चा गरिएको थियो ।

वरिष्ठ पत्रकार भैरव रिसाल, वरिष्ठ साहित्यकार तिलकप्रकाश कायस्थ र जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले जोशी देशकै गहना भएकाले उनको योगदानलाई सधैँ स्मरण गर्नुपर्ने बताए। कार्यक्रममा जोशीले नेपालको विभिन्न भाषा, संस्कृति, कला, साहित्यलाई सधै जीवित राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस