८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई युवतीमाथि सामूहिक बलात्कार, भागेर गुहार माग्न गएकी युवती फेरि बलात्कारको सिकार

अ+ अ-

रुपन्देही । रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो ।

पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

पक्राउ परेका ज्ञवालीलाई जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

घटना विवरणअनुसार ती दुई यवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए ।

बेलुका खाजा खाएर फर्किँदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन् ।

अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेका थिए । भागेकी युवतीलाई हसनापुर गाउँमा स्थानीयवासी जीवन ज्ञवालीसहित चार जनाले बलात्कार गरेका हुन् ।

गुहार माग्दै गएकी उनलाई युवाहरुले भेटेपछि उल्टै बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले बताए ।

“युवतीहरुले भनेअनुसार घटनामा धेरैजना संलग्न छन् तर प्रहरीले एकजनालाई मात्रै समातेको छ । अरु व्यक्तिलाई पनि पक्राउ गरेर कारवाही गर्नुपर्छ”, उनले भने, “युवतीहरुले न्याय पाउनुपर्छ ।” सामूहिक बलात्कारपछि गम्भीर बनेका दुवै युवतीको स्वास्थ्य उपचार गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष बलालले बताए ।

गाउँपालिका प्रमुख बच्चुलाल केवटले घटनामा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले पीडितलाई न्याय र पीडकलाई कानूनी कारवाहीका लागि पहल गरिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस