८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

अ+ अ-

कठमाडौं । कानूनीरुपमा गर्भपतन निःशुल्करुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे जानकारी भएको देखिदैन । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी ऐन २०७५ कार्यान्वयनको अवस्थामा आइसकेको छ । तर कानूनको जानकारी नहुँदा महिला असुरक्षितरुपमा गर्भपतन गर्न बाध्य छन् ।

राष्ट्रिय महिला आयोग र महिला, विकास तथा महिला मञ्चले यहाँ आज आयोजना गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी ऐन २०७५’ कार्यान्वयनको अवस्था विषयक छलफलमा सूचीकृत प्राप्त अस्पतालमा गएर गर्भपतन गराउनुपर्छ भन्नेबारेमा जानकारी नभएको कुरा उठेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले सूचीकृत अस्पतालबाट गर्भपतन गर्ने, गर्भपतनपछि र सुत्केरी पछाडि अपनाउनुपर्ने सावधानीबारे ज्ञान नहुँदा गर्भपतन र सुत्केरीको अवस्था जोखिममा रहेको बताए ।

उनले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यका लागि सरकारले आवश्यक बजेट नछुट्याएको र त्यसमा पनि सबै बजेट स्थानीय तहमा पठाएको हुँदा काम गर्न कठिन भएको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या सचिव पुष्पा चौधरीले नेपालको दुई दशकभन्दा लामो मेहनत र संघर्ष गरेर सुरक्षित गर्भपतनसम्बन्धी ऐन ल्याएको जानकारी दिँदै यो ऐन महिलाको सरोकारको विषय मात्र नभएर राष्ट्रकै सरोकारको विषय भएको सुनाए ।

राष्ट्रिय महिला आयोगका उपसचिव कल्पना खतिवडाले सुरक्षित मातृत्वका विषयमा संघ, प्रदेश र स्थानीय तहमा नै जानकारी गराउनुपर्ने र आगामी दिनमा त्यो कुरा पूरा हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस