९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषधसहित तीन युवक पक्राउ

अ+ अ-

गौशाला । महोत्तरी प्रहरीले गए राति भारतीय नाकामा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१४ का २१ वर्षीय रामभरोस महतो र २२ वर्षीय अजय कुमार बैठा, त्यस्तै गौशाला नगरपालिका–४ का ३६ वर्षीय राजाराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

गए राति करीब साढे ९ बजेतिर भारत बिहारको सीतामढी जिल्लाको कन्हमा शहरबाट ज७प ७५६ र ज४प ६१०१ नंको दुई मोटरसाइकलमा लागुऔषध बोकी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–४ स्थित सीमानाकाबाट नेपाल प्रवेश गरेका तीनै जनालाई प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषध नाइटोभेट ट्याब्लेट ३० थान, एक्सपाम ट्याब्लेट ५२ थान र डाइजेपाम झोल १०० एमएलको २ बोतल बरामद गरेको हो । लागुऔषधसहित प्रक्राउ परेका तीन युवकलाई गए राति नै प्रहरीले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइसकेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

२० क्विन्टल माछा नष्ट

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको पोखरीमा गए राति अज्ञात व्यक्तिले विषादी हालिदिँदा २० क्विन्टल माछा नष्ट भएको छ । प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार सो विद्यालयको पोखरीमा अज्ञात व्यक्तिले नाम नखुलेको विषादी हालिदिँदा विभिन्न जातका २० क्विन्टल माछा नष्ट भएको हो ।

विद्यालयकै स्वामित्वमा रहेको तथा त्यसको आम्दानीसमेत विद्यालयले नै लिने गरेको पोखरीमा अज्ञात व्यक्तिले विषादी हालिदिँदा विद्यालयको रु पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । विषादी हाल्ने व्यक्तिको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस