९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् कटौतीले समस्या

अ+ अ-

रुपन्देही । सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि रुपन्देहीमा विनासूचना विद्युत् कटौती हुने गरेको छ । गर्मीको समयमा अनियमित विद्युत् आपूर्ति भएपछि स्थानीयवासीलाई समस्या भएको छ ।

“लोडसेडिङ छैन भन्छन् तर बिजुली गइरहन्छ, आइहाल्यो भने पङ्खा पनि चल्दैन”, बुटवल उपमहानगरपालिका–१३ की गीता आचार्य भन्छन् । बुटवल, भैरहवा, लुम्बिनीलगायतका मुख्य स्थानमासमेत विद्युत् कटौती हुने गरेको छ ।

विद्युत् प्राधिकरणले विनासूचना विद्युत् कटौती गरेपछि गर्मीको समयमा आम सर्वसाधारणलाई सास्ती भएको छ । पटक–पटक गरी दैनिक चार घण्टा विद्युत् जाने र आए पनि ‘लो भोल्टेज’ हुने गरेका कारण पङ्खा, मोटरलगायतका विद्युतीय साधन राम्रोसँग नचलेको रुपन्देही शङ्करनगरका लोकनाथ ज्ञवालीले गुनासो गरे ।

अनियमित विद्युत् आपूर्ति हुँदा बुटवलमा पिउने पानीको समेत समस्या भएको छ । “बिजुली भएन भने धारामा पानी आउँदैन”, बुटवल–१४ का श्रीधर खनालले भने, “यस्तो गर्मीमा बिजुली गएपछि रातभरि सुत्न सकिँदैन ।”

वर्षाको समय भएकाले नगरका विभिन्न स्थानमा तार चुडिँदा विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण वितरण केन्द्र बुटवलका प्रमुख सञ्जयकुमार मिश्रले बताए । “पुराना तार र सडक विस्तारका कारण पोल हटाउँदा केही समय विद्युत् कटौती गर्नुपर्छ”, उनले भने, “आवश्यक स्थानमा एक÷दुई घण्टाबाहेक सबै क्षेत्रमा एकैपटक विद्युत् जाँदैन ।” प्राधिकरणले जुन वडामा काम भइरहेको छ, त्यही क्षेत्रको विद्युत् मात्रै केही समयका लागि कटौती गरी काम गरेकाले त्यसलाई लोडसेडिङको रुपमा नबुझ्न उनले आग्रह गरे।

उता भैरहवा–लुम्बिनी क्षेत्रमा समेत सडक विस्तरको कामले गर्दा केही समय विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ । विद्युत् प्राधिकरण भैरहवाका प्रमुख उमाकान्त झाले यो समयमा बढी हावाहुरी आउने भएकाले विद्युत्का पोल ढल्ने र तार चुडिने हुँदा विद्युत् सेवा रोकिने गरेको बताए । “लोडसेडिङ पूर्णरुपमा हटेको छ तर कहिलेकाहीँ मौसमका कारण विद्युत्मा समस्या आउछ”, उनले भने । प्रमुख झाले सडक निर्माणका कारण पोलहरु सार्नुपर्ने भएकाले त्यस्तो समयमा निश्चित क्षेत्रको मात्रै विद्युत् कटौती हुने गरेको बताए । रासस

प्रतिक्रिया दिनुहोस