८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवर्द्धनका लागि संरचना निर्माण

अ+ अ-

जाजरकोट । पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा प्रवर्द्धनका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको शुरुआत गरिएको छ ।
पर्यटन विकासका लागि यस वर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा पदमार्ग, पर्यटन सडकलगायतका अन्य भौतिक संरचना निर्माणकार्य शुरु गरिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिए । सामुदायिक वन क्षेत्रभित्र पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत भेरी नगरपालिका–१ को बडालेख–झ्याकुरे टाकुरामा पदमार्गको निर्माणकार्य सम्पन्न भएको कार्यालय प्रमुख कुमाईले बताए ।

सालिमेडाँडा सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्माण गरिएको उक्त पदमार्गको लम्बाइ दुई हजार ५०० मिटर रहेको छ । एक मिटर चौडाइ रहेको यस पदमार्गमा ४८० सिँढी निर्माण गरिएका छन् । रु आठ लाख २५ हजार अनुदान बजेटमा वातावरणमैत्रीपूर्ण पदमार्ग निर्माण गरिएको हो । शिवालय गाउँपालिका–७ को शिवालय–सुयाडा पर्यटन सडकको ७० प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । रु ५० लाख बजेट रहेको उक्त पर्यटन सडकको चौडाइ छ मिटर रहेको छ भने पाँच किलोमिटर लम्बाइ रहेको छ ।

भेरी नगरपालिका–१० पल्सेनी–बाल्यतरा–फेरा पर्यटन सडकको पनि निर्माणकार्य अगाडि बढिरहेको छ । रु २० लाख बजेट रहेको उक्त पर्यटन सडकको लम्बाइ चार किलोमिटर रहेको छ । यस पर्यटन सडकको ५० प्रतिशत निर्माणकार्य सम्पन्न भएको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ ।

त्यसैगरी कुशे गाउँपालिका–४ को ताँकाचौर–अर्छानी–नदहीडाब पर्यटन सडकको निर्माणकार्य भइरहेको छ । रु ५० लाख बजेट रहेको यस सडकको लम्बाइ पाँच किलोमिटर रहेको बताइएको छ । स्थानीयवासीको आपसी विवादका कारण निर्माणकार्यको शुरुआतमा ढिलाइ गरिएको यस पर्यटन सडकको ५० प्रतिशत निर्माणकार्य सम्पन्न भएको बताइएको छ । त्यसैगरी कुशे गाउँपालिका–७ खुर्पा, समाइला, हानिसल्ला–बारेकोट पर्यटन सडकको पनि निर्माणकार्य भइरहेको छ । रु ४० लाख बजेट रहेको उक्त पर्यटन सडकको लम्बाइ झण्डै पाँच किलोमिटर रहेको छ । यस सडकको निर्माणकार्य ५० प्रतिशत सम्पन्न भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी नलगाड नगरपालिका–१३ औलगुर्ता, खेत्तमा, व्युरुपा, सिउन हुँदै मुट्केचुला पर्यटन सडकको पनि निर्माणकार्य भइरहेको छ । स्थानीयवासीको आन्तरिक विवादका कारण झण्डै डेढ महीनासम्म निर्माणकार्य शुरु हुननसकेको उक्त पर्यटन सडकको रु ५० लाख बजेट छ भने उक्त बजेटबाट निर्माण गर्नुपर्ने सडकको लम्बाइ पाँच किलोमिटर छ । उक्त सडकको निर्माणकार्य २५ प्रतिशत मात्र भएको भए तापनि असारको २०÷२१ गतेसम्म सबै काम सम्पन्न भइसक्ने बताइएको छ ।

त्यसैगरी जाजरकोटका संस्थापक राजा मेदेनी बर्माको भेरी नगरपालिका–११ जगतीपुरमा रहेको ऐतिहासिक दरबारको जीर्णोद्धारकार्य सम्पन्न गर्नका लागि उपभोक्त समिति बनिसकेको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस