७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

अ+ अ-

दमौली । भूकम्प पीडितको लाभग्राहीमा नपरेका तनहुँका दश स्थानीय तहका आठ हजार ८९२ परिवारले गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराएका मध्ये हालसम्म चार हजार ४६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ ।

असार १५ गतेभित्र सबै घरधुरीको सर्वेक्षण गरिसक्नुपर्ने भए पनि केही स्थानीय तहमा तोकिएकै मितिभित्र सर्वेक्षणको काम नसकिने जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए । यसअघि गत जेठ मसान्तसम्म सर्वेक्षण गर्ने समायवधि भए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले समय थप गरेको थियो ।

व्यास नगरपालिकामा एक हजार ४४२ गुनासो दर्ता भएकामा ४९५, भानु नगरपालिकामा तीन हजार ७८४ गुनासो दर्ता भएकामा एक हजार २१०, बन्दीपुर गाउँपालिकामा ५४५ गुनासो दर्ता भएकामा ३१५, म्याग्दे गाउँपालिकामा ७१७ गुनासो दर्ता भएकामा ४७०, शुक्लागण्डकी नगरपालिकामा एक हजार ५० गुनासो दर्ता भएकामा ६६२, रिसिङ गाउँपालिकामा १२८ गुनासो दर्ता भएकामा ९० घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ ।

चार स्थानीय तहमा भने गुनासो दर्ता भएका सबै घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण सकिएको गुप्ताले बताए । आँबुखैरेनी गाउँपालिकामा २८८ गुनासो दर्ता भएकामा २८८, देवघाट गाउँपालिकामा २७६ गुनासो दर्ता भएकामा २७६, घिरिङ गाउँपालिकामा १३१ गुनासो दर्ता भएकामा १३१ र भिमाद नगरपालिकामा ५३१ गुनासो दर्ता भएकामा ५३१ घरधुरीको सर्वेक्षण सकिएको छ । घरधुरी सर्वेक्षणका लागि ५३ जना प्राविधिक खटिएका छन् । केही स्थानीय तहमा तोकिएकै मितिभित्र सर्वेक्षणको काम सकिए पनि धेरै गुनासो दर्ता भएको स्थानीय तहमा सर्वेक्षणको काम सक्न चुनौती देखिएको गुप्ताको भनाइ छ ।

छुट तथा पुनः जाँच सर्वेक्षणलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा सर्वेक्षण सञ्चालन जिल्ला समिति गठन गरिएको छ । उक्त समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय अधिकारी र जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख सदस्य रहने व्यवस्था छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सह–सचिव मुकुन्दप्रसाद निरौलाले पुनःनिर्माणको काममा सबैको सहयोग आवश्यक रहेको बताए ।

जिल्लामा १३ हजार ८२१ लाभग्राही पहिचान भएकामा १३ हजार ३३७ लाभग्राहीले निजी आवास निर्माणका लागि सम्झौता गरेका छन् । सम्झौता गरेका मध्ये १२ हजार ८८१ लाभग्राहीले पहिलो किस्ता, सात हजारमध्ये ५२४ लाभग्राहीले दोस्रो किस्ता तथा चार हजार ४४ लाभग्राहीले तेस्रो किस्ताबापतको रकम बुझेका छन् । प्रवलीकरणतर्फ ४६६ लाभग्राही पहिचान भएकामा २७१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस