८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्प र किम बिच सैनिकरहित सीमा क्षेत्रमा भेटवार्ता

अ+ अ-

सउल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दक्षिण र उत्तर कोरियाको सैनिकरहित सीमा क्षेत्रमा भेटवार्ता भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताबीच सीमा क्षेत्रमा वार्ता भएको यो पहिलो पटक हो।

आइतबार दिउँसो दक्षिण कोरियाली समकक्षी मुन जाइ इनसँगै राष्ट्रपति ट्रम्प उत्तर र दक्षिण कोरियाको सैनिकरहित क्षेत्रमा पुगेका थिए। ट्रम्पलाई भेट्न किम प्योङयाङदेखि आएका थिए। दुबै नेताले सैनिकरहित क्षेत्रमा हात मिलाएका थिए। त्यसपछि ट्रम्प र किम उत्तर कोरियाको सीमाभित्र गएका थिए। ट्रम्प उत्तर कोरियाको सीमाभित्र जाने पहिलो अमेरिकी राष्ट्रपति भएका छन्। यसअघि पदमा रहँदा कुनै पनि राष्ट्रपति उत्तर कोरियाको सीमाभित्र पुगेका थिएनन्।

भेटघाटपछि दुबै नेता संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। पत्रकार सम्मेलनमा ट्रम्पले आजको भेटघाट ऐतिहासिक घटना भएको बताएका छन्।

दुई वर्षअघि भएको आफ्नो भ्रमणका क्रममा पनि ट्रम्प उत्तर कोरियाको सीमासम्म पुग्न खोजेका थिए। तर चर्को विरोधपछि नो म्यान्स ल्याण्डमा जाने उनको कार्यक्रम रोकियो। ट्रम्प र किमबीच गत फेब्रुअरीमा भियतनामको हनोईमा भएको दोस्रो शिखर वार्ता असफल भएपछि कोरियाली प्रायद्वीपको अनआणविकीकरणको प्रक्रिया अनिश्चित भएको थियो।

तर, पछिल्लो समय ट्रम्प र उनको सम्बन्ध सुधार हुँदै गएको छ। अघिल्लो सातामात्र ट्रम्पले उनलाई चिठी पठाएका थिए। उनले चिठी निकै महत्वपूर्ण भएको बताएका छन्।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ट्रम्पको दक्षिण कोरिया भ्रमणले उत्तर कोरियासँगको वार्ता सुचारू गराउन आधार निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस