१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यूरोप क्षेत्रको वेरोजगार दर ११ बर्ष यताकै निम्न विन्दुमा

अ+ अ-

ब्रसेल्स । यूरोपक्षेत्रको वेरोजगार दर सन् २००८ पछि पहिलोपटक निम्न विन्दुमा झरेको सोमबार सार्वजनिक एक प्रतिवेदनमा बताइएको छ ।

यूरोको संयुक्त कारोबार गर्ने यूरोपका १९ मुलुकहरूमा ११ बर्षदेखि वेरोजगार दर घटाउन गरिएका बहुरूपी योजना र प्रयासबाट यहाँको रोजगारी वृद्धिमा सफलता मिलेको यूरो क्षेत्रका विश्लेषकहरूले बताएका छन् ।

विगत केही समयदेखि अमेरिका र चीनबीचको व्यापार तनावका कारण यूरोपको पनि आर्थिक वृद्धि दरलाई प्रभावित पारिरहेका समय यहाँको वेरोजगार दरमा क्रमशः सुधार देखिएको विश्लेषकहरूले बताएका छन् । तथ्याङ्कको लेखाजोखा राख्ने कम्पनी फ्याक्टसेटले यसपहिले प्रक्षेपण गरेको ७.६ भन्दा पनि ०.१ प्रतिशत अर्थात् (७.५प्रतिशत)ले कमी आउनुलाई अर्थशास्त्रीहरूले सकारात्मक सुधारको रफ्तार भनी प्रतिक्रिया दिएका छन् ।

यूरोपेली संघका २८ सदस्य राष्ट्रहरूमा वेरोजगार दरबारे रेकर्ड गर्न थालिएको सन् २००० को तुलनामा एक दशांश प्रतिशत अङ्कले कमी आई ६.३ प्रतिशत कायम भएको फ्याक्टसेटको प्रतिवेदनमा उल्लेख छ ।

यूरोको कारोबार हुने उक्त क्षेत्रको वेरोजगार दर सन् २००७/२००८ को विश्व आर्थिक सङ्कट शुरू हुँदाभन्दा पहिलेको अवस्थामा पुगेको छ ।

सङ्कटका समय वेरोजगार दर सन् २००८ को अप्रिलमा अत्यधिक १२.१ प्रतिशतमा पुगेको थियो भने यसबाट सन् २०१३ को मेसम्म कुनै सुधार आउन नसकेको तथ्याङ्कहरूले देखाएका छन् ।

यूरो क्षेत्रको आर्थिक सङ्कटमा क्रमशः सुधार आइरहेपछि सन् २०१६ को सेप्टेम्बरमा लामो समयपछि पहिलो पटक वेरोजगार दर एक अङ्कमा झरेको थियो ।

यूरोस्टाटको तथ्याङ्क अनुसार यूरोजोनमा मे महिनामा सबैभन्दा कम वेरोजगार दर चेक गणतन्त्र २.२ प्रतिशत रहेको देखिएको छ भने ग्रीसमा सबैभन्दा बढी १८.१ प्रतिशत रहेको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस