९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्न र दृष्टिविहीन विद्यार्थीलाई टेलिकमद्वारा स्मार्ट फोन

अ+ अ-

काठमाडौँ । समाजका हरेक वर्ग र समुदायलाई आफ्ना सेवाहरुबाट लाभान्वित गराउँदै आएको नेपाल टेलिकमले विपन्न र दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई स्मार्ट फोन उपलब्ध गराएको छ ।

सुर्खेतको छिन्चुमा आयोजित एक कार्यक्रमका बीच मंगलबार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन प्रदान गरेका छन् ।

कार्यक्रममा अधिकारीले नेपाल टेलिकमले देशका विकट क्षेत्रमा समेत अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराउनुका साथै फरक क्षमता भएका नागरिकहरुलाई उपलब्ध गराइएको सेवाले प्रविधिको माध्यमबाट आर्थिक गतिविधिका साथै सहज जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले नेपाल टेलिकम राष्ट्रको सञ्चार भएकाले व्यवसाय मात्र विस्तार नगरी सेवाको भावनाले समेत काम गरिरहेको बताए ।

भेरीगंगा नगरपालिका १० का वडाअध्यक्ष मानबहादुर बुढाले नेपाल टेलिकमले विभिन्न सेवामूलक कार्य पनि गरिरहेकोमा प्रशंसा गर्दै यस्तो सेवा आगामी दिनमा अन्य क्षेत्रमा समेत उपलब्ध हुने विश्वास व्यक्त गरे ।

मैत्री समाज नेपालका प्रतिनिधि चन्द्रमणि पोखरेलले कम्पनीले प्रदान गरेको मोबाइल सेटमार्फत दृष्टिविहीन विद्यार्थीहरुलाई स्तरीय आवाजसहितको प्रविधिबाट अध्ययन गर्न सहयोग पुग्ने बताउदै यसबाट समाजमा पिछडिएका र फरक क्षमता भएकाहरुले पनि केही गर्न सक्छन् भन्ने विश्वास कायम राख्न सहयोग पुगेको बताए ।

नेपाल टेलिकमले मैत्री समाज नेपालको सहकार्यमा कर्णाली प्रदेशका दृष्टि सम्बन्धी अपांगता भएका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई मोबाइल सेट हस्तान्तरण गरेको हो । स्मार्ट फोनमार्फत आवश्यक एप्लिकेसन प्रयोग गरी उनीहरुले अध्ययन कार्यलार्ई सहज रुपले अघि बढाउन सक्नेछन् ।

यही असार १३ गते सुनसरीको इटहरीमा पनि दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई मोबाइल सेट वितरण गरिएको थियो । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका दृष्टिविहीन विद्यार्थीहरुलाई उच्च प्रविधियुक्त एन्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गरी उनीहरुको शैक्षिक स्तर र अवसर अभिवृद्धि गर्न सहयोग पु¥याउने कम्पनीको योजना छ ।

विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गत ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले मोबाइलबाट गरिने कुराकानीमा समेत विशेष सहुलियत उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस