११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुम्ती सेवाबाट ७३ लाई नागरिकता

अ+ अ-

बनेपा । जिल्ला प्रशासन कार्यालय धुलिखेलको टोलीले जिल्लाको रोशी गाउँपालिकाको वडा नं ४ र ५ लाई लक्षित गरी वडा नं ४ को महादेवटारमा सञ्चालन गरेको घुम्ती शिविरबाट ७३ जनाले गाउँमै नागरिकता प्राप्त गरेका छन् ।

अरु बेला नागरिकता लिनकै लागि जिल्ला सदरमुकाम धुलिखेल धाउनुपर्ने त्यहाँका स्थानीय बासिन्दालाई जिल्ला प्रशासन कार्यालयको टोलीले गाउँमै पुगेर घुम्ती शिविर सञ्चालन गरी नागरिकता वितरण गरेपछि उनीहरु खुशी भएका हुन् । “घुम्ती शिविरबाट वितरण गर्ने क्रममा महिला ३६ र पुरुष ३७ गरी ७३ लाई नागरिकता वितरण गरेका छौँ”, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले भने, “सो क्रममा ८४ ले मतदाता नामावलीको फारम भरेका छन् ।”

सहायक प्रमुख पुरीले जिल्ला प्रशासन कार्यालयको वार्षिक कार्यक्रम तीन ठाउँमा गर्नुपर्ने कार्यअनुरुप विकट ठाउँका नागरिकलाई सेवा पु¥याउने उद्देश्यले यसपटक रोशी गाउँपालिकाको महादेवटारमा पुगेर नागरिकता वितरण गरेको बताए।

वडा नं ४ का वडाध्यक्ष तेजबहादुर रानामगरका अनुसार वडा नं ४ का साथै वडा नं ३ बाट समेत आएर स्थानीय बासिन्दाले नागरिकता बनाएका थिए । ५६ वर्षसम्मकाले नागरिकता लिएका छन् । गाउँमै सेवा प्राप्त भएपछि स्थानीय बासिन्दा खुशी भएर सेवा लिएका थिए । यसअघि खानीखोलाको तालढुङ्गामा गत जेठ १८ गते चार दिन सञ्चालन गरेको घुम्ती शिविरबाट ३२२ ले नागरिकता प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस