१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक विविधतामा एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त हाम्रो समाजमा वर्षौंदेखि चल्दै आएका रीतिरिवाज, चालचलनका आधारमा विविधतामा एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

एभरेष्ट बैंक लिमिटेडको सहयोगमा पोखराको शान्तिघाटस्थित सेती नदी किनारमा निर्मित वातावरण मैत्री शवदाहगृहको आज यहाँ उद्घाटन गर्दै उनले विभिन्न जातजाति, भाषाभाषीको नेपाली समाजको दिगो एकता अरूका लागि पनि अनुकरणीय भएको चर्चा गरे ।

कुनै पनि नाममा हुने एकता विरोधी गतिविधि हामीहरुका लागि सह्य नहुने उल्लेख गर्दै प्रत्येक धर्म, संस्कृतिप्रतिको सम्मानलाई एकापसमा कायम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकृतिको अनुपम वरदानका रुपमा पोखरा रहेको चित्रित गर्दै मुख्यमन्त्री गुरुङले यहाँको सौन्दर्यतालाई क्षयीकरण हुन नदिन सबैको सचेतता अपरिहार्य भएको बताए ।

वातावरण मैत्री शवदाहगृह निर्माणसँगै यहाँको वातावरणीय स्वच्छतामा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शवदाहगृहको व्यवस्थित सञ्चालनका लागि कार्यविधि तय गरिने जानकारी दिँदै यसले वातावरण संरक्षणका साथै वन पैदावारको जगेर्नामा पनि सहयोग पु¥याउने धारणा राखे ।

एभरेष्ट बैकका निर्देशक डा बालगोपाल वैद्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शवदाहगृह निर्माणमा सहयोग गरेको बताउँदै यसको उपयोगसँगै संरक्षणमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा निर्देशक वैद्यले शवदाहगृह महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरेका थिए ।

रु एक करोड ३० लाखको लागतमा निर्मित आधुनिक शवदाहगृहमा एउटा शव जलाउन १ सय किलो दाउरा र १ घण्टा २० मिनेट मात्र समय लाग्ने कार्यक्रममा जानकारी दिइयो ।c

प्रतिक्रिया दिनुहोस