९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी समायोजनका लागि तयारी अवस्थामा : प्रहरी महानिरीक्षक खनाल

अ+ अ-

काठमाडौं । प्रहरी कर्मचारीलाई सङ्घ र प्रदेशमा समायोजन गर्न तयारी अवस्थामा रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रहरी महानिरीक्षक खनालले संघीय संरचनाअनुसार २६ हजार प्रहरी कर्मचारीलाई प्रदेशमा खटाएर अभ्यास गरिरहेको जानकारी दिए ।

प्रहरी समायोजनका लागि तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले भने, ‘हामी अहिलेदेखि नै अभ्यास गरिरहेका छौँ ।’ उनले कुन प्रदेशमा कति प्रहरी कर्मचारी चाहिन्छ भनेरसमेत खाका तयार पारिसकेको जानकारी गराए ।

सरकारले ल्याएको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको छ ।

गृहमन्त्री रामबहादुर थापाको उपस्थिति रहेको आजको बैठकमा महानिरीक्षक खनालले सैद्धान्तिक विषय मिल्ने बित्तिकै सबै काम टुङ्गिनेसमेत बताए । छलफलमा समितिका सदस्य जनार्दन शर्मा, पम्फा भुसाल, अमरेशकुमार सिंहलगायतले भनाइ राखेका थिए ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा र ग्रेडवृद्धि गर्न नसकिने धारणा राख्दै पदका विषयमा स्पष्ट निर्णय भएमा सहज हुने उल्लेख गरे ।

बैठकमा सहभागी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले प्रदेश प्रहरीको सिङ्गो प्रारुप तयार गर्न सकिने अवस्था नरहेको उल्लेख गर्दैै प्रदेश प्रहरी सङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । यसका लागि प्रदेश प्रहरी ऐन बन्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस