१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै कम्युनिष्ट नेकपामा एकताबद्ध हुनुपर्छ : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन सबै कम्युनिष्ट नेकपामा एकताबद्ध हुनुपर्ने बताएका छन् ।

नेकपाको पार्टी मुख्यालय धुम्रबाराहीमा आज पार्टी प्रवेश कार्यक्रममा उनले मोहनविक्रम सिंहदेखि नारायणमान बिजुक्छे ‘रोहित’ सम्मका कम्युनिष्ट नेतालाई नेकपामा समाहित भई मुलुकको विकास निर्माणमा लाग्न आग्रह गरे ।

उनले नवप्रवेशीलाई आफ्नै घरमा फर्किको भन्दै पार्टी प्रवेश गर्नु सबै खाले षडयन्त्रमाथि एउटा प्रतिवाद प्रतिनिधित्व गरेको समेत बताए । उहाँले पार्टीमा के सम्मान गरे भने सबै कम्युनिष्ट आउँछन् सो आफूले गर्ने बताए ।

‘जो जो जहाँ भए पनि वर्षौदेखिको स्कुलिङको कारण एउटै निष्कर्षमा आउँदा रहेछौं भन्ने पार्टी एकताबाट महसुस भएको छ’, उनले भने, ‘बाँकी रहेका कम्युनिष्ट पार्टीका नेतालाई पनि छिटोभन्दा छिटो समाहित हुन आग्रह गर्दछु, अब ढिला हुन्छ ।’ उनले पार्टीमा समाहित हुनका लागि पुराना पुस्ताका केही नेतालाई कसरी सम्झाउने भन्ने चिन्ता लाग्ने गरेको बताए ।

‘हामीलाई शुरुमा प्रशिक्षित गर्ने मोहनविक्रम सिंह, चित्रबहादुर केसीलाई के र कसरी सम्मान गर्ने होला र के सम्मान गरेदेखि राष्ट्रको एकता र कम्युनिष्ट आन्दोलनको निम्ति आउनुहोला भनेर चिन्ता लागि राख्छ’, उनले भने, ‘राष्ट्रको स्वतन्त्रता र स्वाधिनतालाई सुदृढ गर्न र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन उहाँलाई के सम्मान गरेदेखि उहाँहरु खुशी हुनुहुन्छ । उहाँलाई के भन्न मन लागेको छ त्यो भन्न वातावरण यही पार्टीमा दिन हामीले कुनै कन्जुस्याइँ गर्ने छैनौँ तर उहाँहरु आउनुपर्‍यो ।’

उनले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ पनि एउटा धारा भएकोले नेकपामा आउनुपर्ने बताए । ‘उहाँलाई पनि के सम्मान गरेदेखि कम्युनिष्ट आन्दोलनलाई एकै ठाउँमा ल्याउने र राष्ट्र बनाउने सबै मिलेर विकास र समृद्धिमा लैजानका लागि के गरे ठीक हुने हो उहाँले हामीहरुलाई भनिदिए हुने हो’, उनले भने ।

अध्यक्ष दाहालले मोहन बैद्य पनि पार्टीमा आउनुपर्ने भन्दै उहाँलाई कसरी बुझाउने भन्नेमा आफूलाई चिन्ता रहेको बताए । यस्तै उनले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि कम्युनिष्ट पार्टीको बहुमतको सरकार भएको बेला समाजिक न्याय, समृद्धिका पक्षमा लाग्न आह्वान गरे।

नेता दाहालले डा बाबुराम भट्टराईको वौद्धिकता अन्त गएर कहिँ पनि सकारामत्क परिणति नदेखिने भन्दै नेकपामा प्रवेश गर्न आग्रह गर्नुभयो । उनले भने, ‘कम्युनिष्ट आन्दोलनसँग मात्र जोडिएर उहाँको बौद्धिकताको अर्थ हुन्छ । जतिबेला उहाँ कम्युनिष्ट पार्टीमा हुनुहुन्थ्यो त्यतिबेला उहाँको धेरै नै महत्व र भूमिका थियो ।’

सबैभन्दा अग्लो टाकुरामा कम्युनिष्टको दुई तिहाइ सरकार जुन समृद्धि र विकासको नारा लिएर अगाडि जाने कुरा प्रतिक्रियाका लागि सहिनसक्नु अवस्था भएकोले षडयन्त्र भइरहेको उनको भनाइ छ ।

कम्युनिष्ट पार्टीभित्र झगडाको आविष्कार गरेर तिललाई पहाड बनाउन खोजिएको भन्दै उनले त्यस्ता हल्लाका पछि नलाग्न आग्रह गरे । नेपालको शान्ति प्रक्रिया विश्वको सफल शान्ति प्रक्रिया भएकोले यसलाई एक थरीले भाड्न लागीपरेको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस