९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिको चरित्र सुधार्न कृषकको चित्र सुधारौँ

अ+ अ-

नेपालमा प्राचीन काल देखि नै कृषि पेसा नै नेपाली जनताको जीविकोपार्जनको मुख्य पेसा रहेको इतिहासको अध्ययनबाट देखिन्छ, जुन छिमेकमा निर्यात हुने गरेको समेत पढ्न पाइन्छ । विशेष गरी प्रजातन्त्रको स्थापना पछि बि.स.२००८ सालबाट सुरु गरिएको वार्षिक बजेटले कृषिको विकास र उन्नयनलाई प्राथमिकतामा राख्दै आइरहेको पाइन्छ । बि.स २०१३ सालबाट योजना बद्द विकासको थालनी भए पछि त कृषिलाई आधुनिकीकरण, ब्यवसायीकिकरण तथा औध्योगीकरण गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउँदै लैजाने राष्ट्रिय नीति तथा कार्यक्रम, लक्ष्य र उद्देश्य राखेको पाइन्छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्र प्राथमिकता मा रहँदै आइरहेको छ । आबधिक योजना तथा नीति कार्यक्रम अनुसार वार्षिक बजेटमा पनि ठुलो धन राशि खर्च हुँदै आइरहेको पाइन्छ । प्रजातन्त्रको स्थापना देखि आजका मिति सम्म आइपुग्दा कृषिमा राज्यले निकै ठुलो मात्रामा स्रोत साधन तथा समयको खर्च गरिसकेको पाइन्छ, तर पनि घोषित तक्ष्य र उद्देश्य प्राप्त गर्न सकेको छैन ।

सरकारका नीति तथा कार्यक्रम, वार्षिक बजेट र आवधिक योजनाहरूमा कृषिलाई प्राथमिकतामा राखिँदै आएको भएतापनि सोचे जस्तो नतिजा प्राप्त हुन सकेको देखिँदैन । खोजेको नतिजा हामीले किन प्राप्त गर्न सकेनौ कारण खोज्नु पर्ने आवश्यकता रहेको देखिन्छ । कृषिमा जनसङ्ख्याको ठुलो हिस्साको संलग्नता र बजेटको बर्सेनि बढोत्तरी हुँदा पनि खोजेको नतिजा प्राप्त नहुनुमा कतै हाम्रो शिक्षा नीति र हामीले अङगीकार गरेको शैक्षिक नीति तथा कार्यक्रम मै कतै खोट त छैन । अब त्यता तिर ध्यान दिएर सुधार गर्ने बेला भएन र ?

सधैँका आबधिक योजनाका आधार पत्र, सरकारका नीति तथा कार्यक्रम र वार्षिक बजेटमा कृषिलाई सधैँ प्राथमिकतामा राख्दै विभिन्न नयाँ नयाँ कृषि कार्यक्रम घोषणा गर्दै बर्सेनि ठुलो लगानी गरिँदै आइराखिएको छ । तर त्यसको विपरीत व्यवहारमा कृषिको आधुनिकीकरण र व्यवसायीकरण होइन त्यसप्रति जनमानस र युवाको घृणा र वितृष्णा फैलाउँदै गैरेको नतिजाले देखाई रहेको छ । हामीले कृषिमा लाग्ने जनशक्तिलाई उच्च सम्मान दिई नयाँ युवा पुस्तालाई यस क्षेत्रमा लाग्न प्रेरणा र प्रोत्साहन गर्ने घोषणा गरे पनि हाम्रा व्यवहारले निरुत्साहीत गरी रहेका छन् ।

हाम्रा कृषि क्षेत्रमा रहेका सरकारी संयन्त्र कृषक मैत्री नभएर हो कि ? कृषि क्षेत्रमा लाग्ने सार्वजनिक जनशक्तिले जनताको सेवा भाव राखेर काम गर्न नसकेका हुन कि ? कृषि कार्यालय र त्यो सँग सम्बन्धित जनशक्ति जनमैत्री नभई शासक जस्तो व्यवहार गरेका कारण कृषि पेसामा रहेका जनशक्ति पनि पलायन हुँदै गइरहेका हुन कि ? सहयोग पाउने आशामा रहेका युवा कृषकले सहयोगको साटो दुख पाएर हो कि कामै छाडेर पलाएन भई रहनु हाम्रो वास्तविकता बनेको हो कि ?

कृषि प्रति युवा आकर्षण किन छैन ? युवालाई कृषि तर्फ आकर्षण गर्न उसले पढेको वातावरण कस्तो थियो एक चोटि सम्झना गरौँ त । मेरो छोरी दुई कक्षामा पढ्दै छिन उनलाई पढाउने क्रममा कृषकको जुन तस्बिर देखे मेरो मथिङगल हल्लियो । अनि अरू बिभन्न शैक्षिक सामाग्री हेर्ने जमर्को गरे सबैमा कृषकलाई अपहेलित गरेको देखियो । अनि सोचेँ के हाम्रा शैक्षिक पाठ्यक्रमहरू कृषक मैत्री छन् त ? बाल मस्तिष्कमा कृषक भन्ने बित्तिकै फोहोरी, मैलो, फाटेको वस्त्र धारी, गनाउने, चाउरी परेको बुढो जस्तो देखिने आकृति भरिदिएको छ । अनि यस्तो आकृति दिमागमा भरिएको बालक युवा हुँदा कृषि पेसामा लाग्ने सपना कसरी देख्ला ? बिद्दयालयमा पढ्दा डाक्टरको सेतो सफा लुगा लाएको, इन्जिनियरको हेलमेट लाएको टाई बाधेको , पाइलट पनि सेतो वस्त्र धारी चस्मा लाएको, प्रहरी र कर्मचारी पनि सफा लुगा लाएको सुट पाइन्ट लाएको सफा चिटिक्क परेको फोटोहरू पाठ्यपुस्तकमा समावेश भएको देखिन्छ भने किसान को घरै सानो व्यक्तित्व पनि ख्याउटे खान नपाएको जस्तो राखी पढाई गरिने भएको कारणले कुनै पनि बच्चा ठुलो भएमा कृषक बन्ने सपना देख्दैनन् ।

यदि यसलाई परिवर्तन गरी किसान पनि ठुलो फारम मा बसेको गाडी चढेको, नेपाली दौरा सुरुवाल लाएको सफा लुगा भएको खाइलाग्दो जिउ भएको मान्छे पाठ्यक्रममा समावेश गर्न सकेको खण्डमा आगामी पुस्ता चाही कृषि पेसा प्रति आकर्षित हुन सक्छ ।

हाम्रा विद्यालय देखि विश्वविद्यालय सम्म पढाई हुने पाठ्य पुस्तक तथा अन्य शैक्षिक सामाग्री र तालीमे सामाग्रीहरू अध्ययन गर्दा कृषक बाहेक सबै चित्र सुकिला मुकिला, खाइलाग्दा, गाडी घोडा भएका, ठुला ठुला घर बङगला भएका छन् । सुटेड बुटेड छन् भने शिक्षकले कुर्चीमा बसेको, नर्स सफा लुगा लाएर बिरामीको सेवा गरेको, वकिल कालो कोट लाएर अदालतमा बहस गर्दै गरेको निकै आकर्षक पोसाकमा सजाएको देख्दै आकर्षण देखिने खालको व्यक्तित्व देखाइएको हुन्छ भने कृषक फोहोरी, मैलो, फाटेको वस्त्र धारी,देखिन्छ । जसको हुलिया देख्दै हेर्नेले दिनदेखि, नजान्ने अनपढ,अज्ञानी देख्छ जसका कारण बालमनोविज्ञानले कृषकलाई नकारात्मक सूचकको रूपमा ग्रहण गर्दछ ।

ऐन, कानुन, नीति, नियम बनाउँदा किसानलाई पहिलो प्रथमिकताम राखेको पाईदैन यद्यपी कृषिलाई पहिलो प्राथमिकतामा राखेको भए पनि । बालबालिकालाई डाक्टर, वकिल, इन्जिनियर, कलाकार, कर्मचारी, नर्स बन्न प्रेरित गर्ने खालका शैक्षिक सामाग्री निर्माण भएको देखिन्छ भने कृषक बनी कृषि पेसा अँगाल्ने गरी आकर्षित हुने नीति नियम, शैक्षिक सामाग्री बनेको कहीँ कतै पाईदैन। राजनैतिक नेतृत्व र प्रशासकले केन्द्रीय स्तरमा जति सुकै कृषिको आधुनिकीकरण तथा व्यवहारीकीकरणका लागि काम गरेको देखाए पनि कृषकलाई नीतिगत तथा कार्यक्रमगत रूपमा सम्बोधन गरेको पाईदैन । कृषकलाई दिने भनी वर्षै पिच्छे अनुदानको रकम बढाइन्छ तर वास्तविक किसानले पाउँदैन कि ? समाजका टाठा बाठा तथा दलाल र बिचौलियाले खान्छन् वास्तविक किसान कहाँ पुर्याउदैनन भन्ने समाचार बेला बेला आईरहन्छन । दलाल र बिचौलियाका कारण वास्तविक किसानले राज्यबाट पाउने राहत अनुदान पाएका छैनन् पाइहाले पनि नगन्य रूपमा प्राप्त गरेका छन् भनी वास्तविक किसानको सधैँ गुनासो रहँदै आएको पाइन्छ ।

कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकिकरण तथा मर्यादित पेसा बनाउने हो भने सर्ब प्रथम हाम्रा शैक्षिक पाठ्य पुस्तक तथा अन्य अद्यायन सामाग्रीमा भएको किसान प्रतिको घृणित तस्बिर तथा किसानका प्रतीकहरू परिवर्तन गरी भविष्यमा किसान बन्छु भन्ने जनशक्ति उत्पादनकालागि आधार नै परिवर्तन गर्नु आवश्यक छ । अब हामीले कृषकलाई पनि सफा लुगा लाएको, मेसिनमाथि बसेर अत्याधुनिक मेसिनरी औजारले खेती किसानी गरी रहेको स्रोत साधनले सम्पन्न संसारका मानिसलाई बचाई राख्ने अन्नदाता, जैविक विविधता बचाई राख्ने संरक्षण कर्ताको रूपमा चित्रण गरी पाठ्यपुस्तक निर्माण हुन आवश्यक छ ।

आकर्षक व्यक्तित्व भएको किसानको प्रतीक बालबच्चाको दिमागमा भर्न सकियो भने अबको केही वर्ष पछि कृषि पेसा आकर्षक पेसा बन्न सक्छ । होइन भने सरकारले जतिसुकै वार्षिक लगानी कृषिमा खनाए पनि त्यसले प्रतिफल नदिने निश्चित प्राय देखिन्छ । त्यसैले कृषि सामाग्रीको कृषकको प्रतिबिम्ब आजैबाट फेर्न लागौँ । नत्र भने कृषि पेसा बुढा बुढीले अँगाल्ने र समय बिताउने माध्यम मात्र रहने छ । हाम्रा शैक्षिक सामाग्री, पाठ्यपुस्तक सबैलाई परिमार्जन गरी कृषक मैत्री बनाऊँ । त्यसैले कृषि पेसालाई आकर्षित पेसा बनाउन र आजका युवा पुस्तालाई आकर्षित गर्न शैक्षिक सामाग्री किन सुधार नगर्ने । अनि मात्र हाम्रो राष्ट्रिय लक्ष्य पुरा हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस