९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भानुभक्त प्राणी उद्यानमा १३ वन क्षेत्र समावेश

अ+ अ-

तनहुँ । तनहुँको व्यासनगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको हो । स्थानीय संरक्षणमार्फत पर्या–पर्यटन विकास गरी स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गर्दै समृद्धिमा टेवा पुर्‍याउने लक्ष्य रहेको भानुभक्त प्राणी उद्यान कार्यालयका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले बताए ।

सामुदायिक वनतर्फ भानुनगरपालिकाको वडा नं ५ र ६ मा पाँच र व्यास नगरपालिकाको वडा नं ११ र १२ मा तीन सामुदायिक वन समेटिएको छ । यसमध्ये पातलडाँडा सामुदायिक वनको ७३ हेक्टर, मान्द्रेकालिका सामुदायिक वनको ७० हेक्टर, पालिङ्ग सामुदायिक वनको ४५ हेक्टर, कोटकालिका सामुदायिक वन ४५ हेक्टर, काली सामुदायिक वन ४२ हेक्टर, आमडाँडा गिद्देवास सामुदायिक वन ४२ हेक्टर, धारापानी घुमाउनेडाँडा सामुदायिक वन २६ हेक्टर र गैह्राथोक सामुदायिक वन १३ हेक्टर क्षेत्रफल रहेको कार्यालयका प्रमुख कँडेलले जानकारी दिए ।

उनका अनुसार उद्यानले पाँच कबुलियती वन समेटेको छ । लामीस्वाँरा कबुलियती वनको ७.५ हेक्टर, खहरेपानी कबुलियती वनको ८.५ हेक्टर, खोला नाला, ऐलानी जग्गा तथा राष्ट्रिय वन २३.६४ हेक्टर र निजी आवादी जगगा २९.२६ हेक्टर क्षेत्रफल गरी उद्यानले कूल ४२५ हेक्टर क्षेत्रफल ओगटेको छ ।

उद्यानभित्र विशेषगरी साल, कटुस, चिलाउने र साज वनस्पति जातका रुख रहेका छन् भने वन्यजन्तुतर्फ चितुवा, भालु, रतुवा, स्याल, खरायो, वन बिरालो, बाँदर र सालकलगायतका जनावर छन् । उक्त वन क्षेत्रमा हाल तारबार लगाउने कार्यका साथै भवन निर्माणकार्य तीव्ररूपमा अघि बढाइएकोे कार्यालयले जनाएको छ ।

नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनको रुपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवरवरद्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्नेलगायतका उद्यानको उद्देश्य छन् ।

जनप्रतिनिधिका नाममा उद्यान निर्माण

तनहुँको बन्दीपुर गाउँपालिकाले जनप्रतिनिधिको नाममा उद्यान निर्माण थालेको छ । बन्दीपुर गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिको नाममा बन्दीपुर बजार क्षेत्रमा उद्यान निर्माणकार्य थालेको हो । बन्दीपुरको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने उद्देश्यले गाउँपालिकाले आफ्नै लगानीमा उद्यान निर्माण थालेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

उक्त स्थानबाट हिमशृङ्खला, वनजङ्गल, नदीनाला र समथर फाँटका सुन्दर दृश्य देख्न सकिन्छ । अध्यक्ष थापाका अनुसार उद्यानमा फूलको बगैँचाले सजिसजाउ, प्रतीक्षालय निर्माण, पर्यटकलाई आनन्दसँग बस्ने स्थानलगायतका निर्माण गरिनेछ । पिप्ले–बन्दीपुर सडकखण्डमा पर्ने अधिकांश स्थानबाट सुन्दर दृश्य देखिने भएकाले क्रमशः अन्य स्थानमा पनि चौतारो, उद्यानलगायत निर्माण गरी पर्यटक लोभ्याउने लक्ष्य राखिएको उनले जानकारी दिए ।

उद्यानका लागि रु २३ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । उद्यान निर्माणका क्रममा रकम नपुगे थप गर्ने योजना रहेको अध्यक्ष थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस