काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । बैठक बिहान ७ बजेदेखि सुरु हो ।
आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि आकस्मिक बैठक बोलाइएको बताइएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक आकस्मिक नभएर नियमित भएको बताएका छन्
यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तरकारीको तथा फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्र्याउन निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ गर्यो । तर, वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण स्थगित गर्यो ।
प्रयोगशाला अभावमा विषादी परीक्षण स्थगित गरिएपछि सरकार आलोचित बन्दै आएको छ ।