१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निस्दीमा हावाबाट बिजुली थप सेवा

अ+ अ-

रामपुर । पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ । यस वर्षबाट हावासँगै सौर्यबत्ती प्रयोग गरेर त्यस क्षेत्रका नागरिकलाई उज्यालोमा राख्ने तयारी छ । सौर्य ऊर्जाको सेवा असारको अन्तिमसम्ममा सञ्चालन हुने भएको छ । यसअघि एक हजार २०० किलोवाट क्षमतामा हावाबाट बिजुली उत्पादन सफल भएको थियो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपाल र निस्दी गाउँपालिकाको संयुक्त लगानीमा हावा र सौर्य ऊर्जाबाट विद्युत् सेवा दिने गरी काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिएका छन् ।

यसअघि रुक्सेभज्याङको बजारक्षेत्र र वडा नं ४ को वडा कार्यालयमा विद्युत् सेवा पुगेकामा अब स्थानीय तीन गाउँका करीब १८० घरधुरीलाई सेवा दिने लक्ष्य रहेको वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताए। वैकल्पिक ऊर्जा प्रवरद्धन केन्द्रको दुई करोड, गाउँपालिकाको ४२ लाख, स्थानीय बासिन्दाको जनश्रमदान गरी करीब रु तीन करोडको लागतमा २५ किलोवाट क्षमताको विद्युत् सेवा उपलब्ध गराउने तयारी भएको अध्यक्ष सुनारीको भनाइ छ ।

अहिले हावाबाट विद्युत् उत्पादनका लागि पाँच र दश किलोवाट क्षमताका पङ्खा जडान गरिएको छ । विद्युतगृह निर्माण, पोल तथा तार विस्तारको काम तथा घरघरमा ‘वाइरिङ’को काम सकिएको र अब ब्याट्री जडानको काम मात्र बाँकी रहेको समितिले जनाएको छ ।

हावा र सौर्यशक्तिबाट बाह्रै महीना ब्याट्री चार्ज हुने भएकाले विद्युत् जाने समस्या पनि कम हुने गाउँपालिकाले जनाएको छ । यसअघि हावाबाट विद्युत् सेवा हावादारी कुराजस्तो ठाने पनि सेवाप्रवाह राम्रो भएको स्थानीयवासी सन्तवीर सुनारीले बताए ।

मित्यालमा पुनः सेवा थप हुने र डाँडाभेगका स्थानीयवासी उज्यालोमा जीवनयापन गर्न पाउने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् । पाल्पा सदरमुकामबाट करीब ७० किलोमिटर पूर्व विकट भेग मित्यालमा विद्युत् सेवा नपुगेर अँध्यारोमा बसेका स्थानीयवासी असार मसान्तभित्र हावा र सौर्य ऊर्जाबाट बिजुली बल्छ भन्नेमा ढुक्क छन् । रासस

प्रतिक्रिया दिनुहोस