१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी–जोमसोम–कोरला सडकको बेलिब्रिज भत्कने अवस्थामा

अ+ अ-

गलेश्वर । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ । आइतबार राति रघुगङ्गा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न थालेपछि पक्की पुल भत्कने अवस्थामा पुगेको हो । नदीको बहाव परिवर्तन भएपछि गलेश्वर बजारको केही भागसमेत खतरामा परेको छ ।

निर्माणाधीन कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका अधिकांश पुल जोखिमयुक्त छन् । यो क्षेत्रमा कालीगण्डकी करिडोर निर्माणको काम भइरहेको छ । गलेश्वरको बेलिब्रिज खतरामा रहेकाले निर्माणाधीन अर्को बेलिब्रिज छिटो निर्माण गर्न बारम्बार दवाव दिँदै आएको तर पुल निर्माणको ठेक्का लिएको शर्मा युनाइटेड विल्डर्स जेभी काठमाडाँैले सुनेको नसुन्यै गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गलेश्वरको बेलिब्रिज उच्च जोखिममा रहेकाले कुनै पनि बेला बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुने अवस्थामा रहेको बताए। उनले आयोजना प्रमुखलाई तत्काल संरक्षणको काम थाल्न निर्देशन दिएको पनि जानकारी दिए ।

गलेश्वरको बस्ती र पुल जोगाउन तत्काल तटबन्ध गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । “तत्काल नदी कटान नरोक्ने हो भने पुल भत्केर मुस्ताङलगायत उत्तरी म्याग्दीको यातायात सम्पर्क ठप्प हुन्छ” स्थानीयवासी मोहन केसीले भने । रासस

प्रतिक्रिया दिनुहोस