२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बच्चालाई कुपोषण भयो ? चिन्ता नलिनुस्

अ+ अ-

बागलुङ, । ‘कुपोषण’ लाई विपन्न परिवारका बच्चामा देखिने स्वास्थ्य समस्याका रूपमा लिने गरिन्छ तर, यहाँ ‘खातापिता’ परिवारकै बालबालिकामा यो समस्या देखिएको छ । पोषणविद्का अनुसार सन्तुलन मिलाएर खानेकुरा खुवाउन नजान्दा बालबालिकामा कुपोषणले सताउँछ ।

जैमिनी नगरपालिका–८ छिस्तीका छ महीने शिशु सङ्गम शर्मालाई शुरुमा ज्वरो आयो । आमा कुमारीले गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्न लगे । औषधिले ज्वरो निको भएन । शिशु दुब्लाउँदै गए । शरीरको तौल घट्यो ।

स्वास्थ्यकर्मीले सो शिशुको थप उपचारका लागि धौलागिरि अञ्चल अस्पतालमा रहेको पोषण पुनःस्थापना गृहमा लैजान सुझाव दिए । त्यसपछि मात्र शिशुलाई कुपोषण भएको बल्ल आमाले थाहा पाइन् ।

कुमारी दुई सातादेखि छोरा सङ्गमसहित सो पुनःस्थापना गृहमा छन् । ‘यहाँ आएपछि स्वास्थ्यमा धेरै सुधार भयो’, उनले भने, ‘तौल पनि बढ्दै गएको छ ।’ गृहमा आएपछि शिशुले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा पौष्टिक आहार, उपचार र हेरचाह पाएका छन् ।

उनीसँगै छ जना बच्चा अहिले पोषणगृहमा छन् । ‘पाँच महीनादेखि २३ महीनासम्मका बच्चा छन्’, पोषणगृहकी नर्स सुशीला किसानले भनिन्, ‘बच्चाको आमाहरु पनि हुनुहुन्छ ।’ दश जनासम्म बालबालिका राख्ने क्षमता गृहको छ ।

कुपोषित बच्चालाई अभिभावकसँगै राखी निःशुल्क उपचार सेवा दिन पाँच वर्षअघि सो गृह सञ्चालनमा आएको हो । गृहमा बच्चाको आमा र अन्य अभिभावकलाई पोषण शिक्षासमेत दिइन्छ । “आमाहरुलाई पौष्टिक आहार बनाउने र खुवाउने तरिका सिकाउँछौँ, नर्स किसानले भनिन् ।

कुपोषित बच्चाले निःशुल्क उपचार, रेखदेख र परामर्श सेवा पाउने गरेको अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले बताए । ‘अस्पतालमा आउने बिरामी बच्चाको तौल कम देखियो भने पोषणगृहमा पठाउँछौँ’, उनले भने, ‘बच्चामा कुपोषण देखियो भने चिन्ता लिनुपर्दैन, सहजै उपचार हुन्छ ।’

बच्चालाई पोषणको मात्रा पुग्ने गरी पौष्टिक खानेकुरा, भिटामिनलगायतका औषधिसमेत खुवाइन्छ । कुपोषणका कारण बच्चामा अन्य रोगको पनि सङ्क्रमण बढ्ने प्रमुख चिकित्सक राजभण्डारीको भनाइ छ । उनका अनुसार सन्तुलन मिलाएर खाना खुवाउन नजान्दा बच्चामा कुपोषण निम्तिन्छ ।

कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, कपाल खैरो हुने, लामो समयसम्म निदाउने, बढी रुने, झगडा गर्नेजस्ता लक्षण देखिन्छन् । पोषणको कमीले बालबालिकाको मानसिक तथा शारीरिक वृद्धि, विकासमा नकारात्मक प्रभाव पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

अति कुपोषणले ग्रसित बनेका बच्चालाई दुई महीनासम्म पोषणगृहमा राखेर उपचार र रेखदेख गर्ने गरिएको छ । सामान्यतया १६ दिनसम्मको उपचारले बालबालिका निको भई घर फर्कने गरेका छन् । एक महीनामा पुनःस्वास्थ्य जाँचका लागि गृहमा बोलाउने गरिन्छ ।

परिवारले खानपानमा ध्यान नदिँदा बच्चामा कुपोषण लाग्ने गरेको नर्स किसानले जानकारी दिए । उनका अनुसार कुपोषण भएको थाहा भएर अभिभावकलाई भन्दा पनि धेरैले गृहसम्म ल्याउँदैनन् । घरमा सबैथोक भए पनि बनाएर खुवाउन नजान्दा समस्या आउने गरेको छ ।

आमालाई पोषणयुक्त खानेकुरा कसरी बनाउने यो गृहमा सिकाइन्छ । कुनै सङ्घ–संस्थाले पोषण शिविर चलाए आफूहरूले पूरा सहयोग गर्ने गरेको उनी बताउछन् । शिविरमा कुपोषित बालबालिकाका आमालाई खानपान सिकाउने र कुपोषण देखिएका बच्चालाई उपचारका लागि गृहमा ल्याउने गरिन्छ ।

जन्मेदेखि पाँच वर्षसम्मका कुपोषित बालबालिका र उनका आमालाई राखेर निःशुल्क पोषणयुक्त खानेकुरा पकाउन र खुवाउन सिकाएर स्वस्थ पार्ने गरिएको नर्स किसानले बताए ।

धेरै अभिभावकलाई बच्चामा कुपोषण भए–नभएको थाहा हुँदैन । बालरोग विशेषज्ञका अनुसार, पोषिलो खानेकुरा अभावमा हुने कुपोषणको प्रभाव शारीरिक र मानसिक दुवैमा देखिन्छ । अधिकांश अभिभावक बच्चाले खाना नखाने, धेरै रुने, सुत्ने, झगडा मात्र गर्ने गुनासो गर्छन् । त्यसो हुनुमा पनि कुपोषणले असर गरेको हुनसक्ने बालरोग विशेषज्ञहरुको भनाइ छ ।

पोषणगृहबाट धौलागिरि क्षेत्रका जुनसुकै बालबालिका र अभिभावकले सेवा लिन पाउँछन् । गृहमा बालबालिकालाई खेल्न र रमाउनका लागि अलग्गै कक्षसमेत निर्माण गरिएको छ । पोषण अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मी र अन्य कर्मचारी गृह सञ्चालनमा खटिएका छन् ।

५ वर्षअघि ‘युथ फाउण्डेशन’ले चारतारे युवा क्लब बागलुङमार्फत रु ५८ लाखको लागतमा पोषण गृह निर्माण गरेको थियो । शुरुको तीन वर्ष फाउण्डेशन र क्लबकै सहयोगमा गृह सञ्चालन भए पनि अहिले अस्पतालकै जिम्मामा आएको छ ।

बालबालिकामा कुपोषणको लक्षण देखिएमा तुरुन्त पोषण पुनःस्थापना गृहमा ल्याउन अस्पतालले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस