११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहत, उद्धार र उपचार प्रभावकारी बनाउन निर्देशन

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेका व्यक्तिहरुको उद्धार, राहत तथा घाइतेहरुको उपचार प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले बेपत्ता भएकाको खोजी र विस्थापितहरुको उचित आश्रयस्थलको प्रबन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ । समितिले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

‘मृतकप्रति समिति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ, विपद्बाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’, समितिका सभापति शशी श्रेष्ठले भनिन् ।

सभापति श्रेष्ठले थपिन्, ‘विपद्बाट घाइते भएकाहरुको प्रभावकारी उपचार, बेपत्ताहरुको शीघ्र खोजी तथा विस्थापितहरुको व्यवस्थापन र पुनस्र्थापनको काम यथाशीघ्र गरियोस् साथै बाढीपहिरोबाट महामारी फैलन सक्ने घटनालाई ध्यान दिँदै स्वास्थ्यकर्मी र औषधिको पर्याप्त व्यवस्था गर्न समिति सरकारलाई निर्देशन गर्न चाहन्छ ।’

समस्या आउने बित्तिकै सरकारले उद्धार र राहत कार्यलाई तीव्र गति दिएकामा समितिले सरकार र सुरक्षा निकायलाई धन्यवाद दिएको छ । बैठकमा सांसदहरुले मानवीय कारणले विपद् बढ्दो क्रममा रहेकाले यसतर्फ पनि ध्यान दिँदै विकास निर्माणमा गतिविधिलाई प्रकृतिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

भारतसँगको असमान सम्झौताका कारण पनि कतिपय बस्ती डुबानमा परेको भन्दै त्यसको पुनरवलोकनका लागि कूटनीतिक पहलको जरुरी रहेको सांसदहरुको धारणा थियो । नेपालमा बाढीपहिरो आउँदा त्यसको असर भारतमा समेत पर्ने भएकाले कूटनीतिक प्रयासमार्फत दीर्घकालीन समस्या समाधानमा लाग्नुपर्नेमा सांसदको जोड थियो । बिना प्राविधिक डोजरको प्रयोग गरी प्रकृतिलाई विनाश गरिएकाले विपद्बाट थप क्षति भएको अधिकांश सांसदको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस