७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेटको उपाधि इङल्यान्डलाई, न्युजिल्यान्ड उपविजेतामै सीमित

अ+ अ-

एजेन्सी काठमाडौँ । आयोजक इङ्ल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। लर्डस स्टेडियममा अघिल्लो संस्करणको उपविजेता न्युजिल्यान्डलाई पछि पार्दै इङ्ल्यान्डले उपाधि जितेको हो।

निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेर इङ्ल्यान्डले जितेको हो। सुपर ओभरमा इङल्यान्डले १५ रन बनाउन सफल भएको हो।

उसका लागि जोस बटलर र बेन स्टोक्सले सुपर ओभरमा ब्याटिङ गरेका थिए। सुपर ओभरमा ब्याटिङमा पुगेका मार्टिन गुप्तिल एक बलमा २ रन चाहिएको अवस्थमा रनआउट हुन पुगेपछि उपाधि न्युजिल्यान्डको हातबाट फुत्केको हो।

निर्धारित समय र सुपर ओभरमा पनि खेल बराबरी भएपछि बाउन्ड्री अनुसार उपाधि इङ्ल्यान्डले उचालेको हो। सुपर ओभरमा पनि दुवैले १५र१५ रन बनाएपछि खेलभर धेरै बाउन्ड्री प्रहार गरेको आधारमा उपाधि इङ्ल्यान्डको पोल्टामा गएको हो।

२७ वर्षपछि फाइनलमा पुग्दै उपाधि चुमेको इङ्ल्यान्डले न्यूजिल्यान्डले दिएको २४१ रनको चुनौती पछ्याउँदै सबै विकेट गुमाएर २४१ रन नै बनाएको थियो। त्यसपछि सुपर ओभरबाट इङ्ल्यान्डले उपाधि जितेको हो।

सन् २०१५ मा अस्ट्रेलियासँग पराजित न्युजिल्यान्ड भने यो पटक पनि पराजित भयो।

इङ्ल्यान्डलाई जिताउने क्रममा बेन स्टोक्सले सानदार खेल खेलेका थिए। उनले ९८ बलमा ८४ रन बनाए। जोस बट्लरले ६० बलमा ५९ रनको अर्धसतकीय पारी खेले। उनले आफ्नो पारीमा ६ चौका पनि प्रहार गरेका थिए। त्यसैगरी इङ्ल्यान्डलाई च्याम्पियन बनाउन जेएम बोरिसोभले ५५ बलमा ३६ रनको योगदान दिए।

यसअघि लण्डनको लर्डस् मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पूरा ५० ओभरमा ८ विकेट खर्चंदै २ सय ४१ रन बनाएको थियो। न्यूजिल्यान्डका लागि हेनरी निकोलसले सर्वाधिक ५५ रन बनाए। कप्तान केन विलियम्सनले ३० रन बनाए ।

इंग्ल्यान्डका क्रिस ओक्स र लियाम प्लूनकेटले समान ३–३ विकेट खसाले। दुवै टोली पहिलो पटक विश्वकपको उपाधि चुम्ने लक्ष्यसहित मैदानमा उत्रिएका थिए। तर घरेलु मैदानको फाइदा उठाउँदै बाजी मार्यो।

न्युजिल्यान्ड सन् २०१५ को विश्वकपको उपविजेता हो। क्रिकेटको जननी इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको फाइनलमा पुग्दै च्याम्पियन भएको हो।

१९९२ पछि इङ्ल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो। पछिल्लो पटक सन् १९९२ मा भएको उपाधिमा इङ्ल्यान्ड पाकिस्तानसँग पराजित भएको थियो।

इङ्ल्यान्ड विश्वकपमा चौथो पटक फाइनलमा पुग्दै उपाधि जित्न भएको हो।

सन् १९९२ का अलावा इङ्ल्यान्ड सन् १९८७ मा अस्ट्रेलिया र सन् १९७९ मा वेस्टइन्डिजविरूद्धको उपाधि भिडन्तमा हार व्यहोरेको थियो। अर्कातिर न्युजिल्यान्डको टिमले दोस्रो पटकको फाइनल खेलेको हो। सन् २०१५ मा पनि उसले अस्ट्रेलियाविरूद्ध फाइनल हारेको थियो।

प्रतिक्रिया दिनुहोस