१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न आनाकानी

अ+ अ-

रुपन्देही । रुपन्देहीका उद्योगी व्यवसायीले सरकारले साउन महीनादेखि लागू गर्न खोजेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न आनाकानी गरेका छन् । रुपन्देही जिल्लाका व्यावसायिक सङ्घसंस्थाको समूह सञ्जालले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी सरकारले पूर्वाधार तयारीबिना उद्योगी व्यवसायी एवं रोजगारदाताको वास्तविकता नबुझी सामाजिक सुरक्षा योजना ल्याएको भन्दै कार्यान्वयनमा समस्या हुने बताए ।

उद्योगीले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू गर्नुअघि हरेक स्तर र क्षेत्रका रोजगारदातासँग थप छलफल गर्नुपर्ने र कोषमा सरकारको समेत सक्रिय सहभागिता रहनुपर्ने माग गरेका छन् । उनीहरुले उद्योगी व्यवसायी एवं रोजगारदाताको पूँजी र कार्यरत श्रमिक सङ्ख्याको आधारमा ठूला, मझौला र साना उद्योगको वर्गीकरण गरी मापदण्डको आधारमा क्रमिकरूपमा लागू गर्दैै जाने व्यवस्था गर्नुपर्ने बताए । उनीहरुले साउन १ गतेदेखि लागू गर्न खोजिएको ढुवानीसम्बन्धी सवारी साधन तथा खरिद ट्र्याकिङ प्रणाली (भिसिटी) प्रविधि, पूर्वाधार र सक्षम जनशक्तिको अभावका कारण तत्काललाई अव्यावहारिक देखिएको जनाए ।

रुपन्देही उद्योग सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले सुरक्षा योजना कार्यान्वयन गर्दा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी स्थानीय उद्योगी व्यवसायी धरासायी हुने निश्चित भएको बताए । उनले अस्थायी, दैनिक ज्यालादारी, गोटा र करारमा काम गर्ने मजदुरलाई यस कोषमा सहभागिताका लागि बाध्यतात्मक गर्न नहुने माग गरे ।

तेस्रो मुलुकका कामदार राखेबापत जम्मा गर्नुपर्ने वार्षिक रकम न्यून गरिनुपर्ने, दुर्घटनामा परी घाइते हुने श्रमिकको औषधि उपचार गर्न पायक पर्ने अस्पतालमा व्यवस्था हुनुपर्ने, उपचारका लागि सरकारी तथा निजी दुवै अस्पतालमा सुविधा दिइनुपर्ने र भुक्तानी प्रक्रिया सरल बनाइनुपर्ने, सामाजिक सुरक्षा कोषमा सहभागी हुने रोजगारदातालाई समेत कर भुक्तानीको योगदानको आधारमा छुट्टै कोषको व्यवस्था गरी सुविधा प्रदान गरिनुपर्नेलगायतका माग उद्योगीहरुले गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस