८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक लाखको राष्ट्रिय पुरस्कार हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई

अ+ अ-

विराटनगर । मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले देशकै उत्कृष्ट गणेशमान सिंह राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरेको छ । पथरी शनिश्चरे नगरपालिका–३ स्थित सो समूह देशभरिकै दुई हजार २०० सामुदायिक वन समूहबाट छनोट भई उत्कृष्ट हुन पुगेको डिभिज वन कार्यालय विराटनगरका प्रमुख विशाल घिमिरेले जानकारी दिए ।

पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ । यस्तै, उत्कृष्ट निजी वन धनीतर्फ सुनवर्सी नगरपालिका–६ (गोविन्दपुर टुकियाखाडी)का निजी वन धनी नीलबहादुर चौहान (सालबाजे) ले राष्ट्रियस्तरको द्वितीय पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारको राशि रु ७५ हजार र प्रमाणपत्र रहेको छ । उनले २३ वर्षअघिदेखि साल प्रजातिका बीउ रोपण गरेर निजी वन हुर्काउन सफल भएका छन्।

गणेशबहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कारतर्फ मङ्गलबारे सवडिभिजन कार्यालय मोरङका कार्यरत कर्मचारी टङ्कबहादुर विकले द्वितीय पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारको राशि ७५ हजार र प्रमाणपत्र रहेको छ ।

यसैगरी, अतिरिक्त कार्यालयको सम्पूर्ण क्रियाकलापको समग्र मूल्याङ्कन गर्दै डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेलाई पनि सम्मान गरिएको छ । वन तथा भू–संरक्षण विभागद्वारा आयोजित गणेशमान सिंह राष्ट्रिय वन पुरस्कार वितरण कार्यक्रममा मोरङका सो संस्था र वनधनीले सो पुरस्कार प्राप्त गरेको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिए ।

राष्ट्रिय सामुदायिक वन प्रथम पुरस्कारबाट पुरस्कृत हुने हरियाली सामुदायिक वन समूहका अध्यक्ष काबुल मगरले आफूले नेतृत्व गरेको वनको क्षेत्रफल २४५.९४ हेक्टर जग्गाको वन विसं २०७१ पुस महीनामा हस्तान्तरण भएर लगातार वनको हेरचाह र प्रवर्द्धनमा लागिरहेको जानकारी दिँदै पुरस्कार पाएकामा निकै खुशी लागेको प्रतिक्रिया दिए । मोरङमा हाल हस्तान्तरित १३५ सामुदायिक वन छ । रासस

प्रतिक्रिया दिनुहोस