१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसेवक कर्मचारी इमान्दार हुनुपर्छ : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रसेवक कर्मचारीले देश र जनताका निम्ति इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा आज प्रदेशअन्तर्गतका विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा कर्मचारीले सक्रियता देखाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले कर्मचारीलाई विचार र राजनीतिक दृष्टिकोणले नहेर्न आग्रह गरे।

आर्थिक प्रलोभनमा पर्ने कर्मचारीका सूचना आफूलाई प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री राईले निर्देशनको क्रममा कर्मचारीले आजैदेखि आफ्ना व्यवहार र शैलीमा परिवर्तन ल्याउनुपर्ने सुझाव दिए ।

उनले चालु आर्थिक वर्षको बजेट अगामी जेठ १५ गतेभित्रमा खर्च गरिसक्नुपर्ने गरी कार्ययोजना बनाउन लागिएको जानकारी दिए । उनले नतिजामा आधारित अनुगमनको प्रबन्ध मिलाइने बताए । कमिशन लिने र दिने काम कसको आडमा भइरहेको छ भन्ने प्रश्न गर्दै मुख्यमन्त्री राईले यस्तो काम अविलम्ब रोक्न कर्मचारीलाई निर्देशन दिए।

प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले गएको आर्थिक वर्षमा पूँजीगत खर्च ५८ प्रतिशत भएको जानकारी दिए । उनले कार्यसम्पादन मूल्याङ्नमा शतप्रतिशत प्रगति देखाउने र कार्यालयको प्रगति ५० प्रतिशत पनि हुने कर्मचारीका मूल्याङ्कन सोही आधारमा हुने जानकारी दिए । उनले भौतिक प्रगतिसँगै वित्तीय प्रगति पनि गर्नु जरुरी छ भने ।

प्रतिक्रिया दिनुहोस