९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काबुलमा आत्मघाती बम विस्फोटमा परी पाँचको मृत्यु

अ+ अ-

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ ।

अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ती वार्ताको प्रयास जारी रहृेको यस अवस्थामा काबुललगायत पूरा अफगानिस्तानमा द्वन्द्व बढेको पाइएको छ ।

पूर्वी काबुलमा स्थानीय समयाअनुसार बिहीबार बिहान ८ः१० बजे मोटसाइकलमा आएको एक आत्मघाती आक्रमणकारीले एक बसलाई लक्ष्यगरी विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नसरात रामीले बताएका छन् । यस आत्मघाती विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको रामीले बताएका छन् ।

सो बस खनिज र पेट्रलियम मन्त्रालयसँग आवद्ध भएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् । काबुलमा नै एक कारबमसहित दुइ बम विस्फोट भएको पनि रामी बताएका छन् ।
यस दुई बम विस्फोटको विस्तृत विवरण प्राप्त नभएको र यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा पनि नलिएको जनाइएको छ ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस