काठमाडौं । गोरखाको धार्चे गाउँपालिका – ३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको १६ किलो सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुल्चुकका व्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ किलो सुन प्रहरीले बिहीबार बरामद गरेको हो ।
२७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधवार पक्राउ परेपछि उक्त सुन फेला परेको हो। तिब्बतबाट ल्याएको सुन लुटेरा समूहले लुट्न खोजेपछि धनकमलले नै ओढारमा लुकाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। तीब्बतबाट खच्चरमा सुन ल्याएको सुचना पाएपछि लुटेराको एउटा समूहले लुट्न खोजेको थियो। त्यसपछि उक्त सुन धनकमलले ओढारमा लुकाइएको प्रहरीको अनुमान छ। त्यसपछि उनी सम्पर्कबिहिन थिए। उनले आफू अपहरणमा परेको नाटक गर्दै आएका थिए।
२६ दिनपछि धनकमल पक्राउ परेपछि तिब्बतबाट ल्याइएको सुन भेटिएको हो। तीन सातादेखि प्रहरीले धनकमलसहित सुन आएको भन्ने सुचना अनुसार खोजी गरिरहेको थियो।