१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘युवालाई ऊर्जा र उद्यमशीलतासँग जोड्नुपर्ने’

अ+ अ-

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजले आज आयोजना गरेको ‘केसिसी एक्जिबिट २०१९’ को उद्घाटन कार्यक्रममा उनले देश विकासमा युवाको भूमिकामा जोड दिए ।

मन्त्री सुनारले युवालाई विज्ञान–प्रविधिसँग जोड्दै जानुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा क्षेत्रले चाँडो उपयोग गर्नुपर्नेमा उनको जोड थियो । नेपालमा दक्ष र प्राविधिक जनशक्तिको उत्पादन बढाउँदै जानुपर्ने उनले बताए । युवालाई स्वदेशमा नै परिचालन गर्नुपर्ने उनले बताए । उनले भने, ‘हिजो देशभित्र श्रमको सम्मान नभएकामा अहिले हामी त्यो बदल्न लाग्नुपर्छ ।’

राष्ट्रिय सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको महत्वपूर्ण भूमिका हुने मन्त्री सुनारले बताए । यस्ता कार्यक्रमहरुले नै युवालाई अघि बढाउने उनले उल्लेख गरे । उनले भने, ‘युवाहरुलाई खाडी देशमा होइन यहीँ अनुसन्धान र स्वरोजगारीमा लगाउनुपर्छ ।’

नेपाल सरकारको सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सूचना–प्रविधिलाई सजिलोका लागि मात्र नभई दिगोपनका लागिसमेत प्रयोग गर्नुपर्ने बताए ।

प्राध्यापक रामकृष्ण रेग्मीले दिगो विकास लक्ष्यतर्फ अघि बढ्न यस्ता प्रदर्शनीले सहयोग गर्ने उल्लेख गरे । नेपाल इञ्जिनीयरिङ काउन्सिलका अध्यक्ष ई. डिल्लीरमण निरौलाले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमा गुणस्तरीय र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले दिगो विकासका लक्ष्यलाई सम्बोधन गर्न नयाँपन चाहिने बताए । कलेजका अध्यक्ष सुमन कटवालले कलेजले बर्सेनी यस्ता प्रदर्शनी गर्दै आएको बताए ।

प्रदर्शनीमा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इञ्जिनीयरिङका २६ भन्दा बढी नवीन प्रदर्शनी, दुई वटा खेलकूदका स्टल, चार खाजा स्टल रहेको छ । कार्यक्रम शनिबारसम्म चल्ने आयोजकले जनाएको छ । कार्यक्रममा दुई दिनमा २५ हजार अवलोकनकर्ताको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस